स्थानीय तहमा बेथिति : घुस र भाले भोजको बिगबिगी !

जुम्ला, वैशाख ३१ । जुम्लाको पातरासी गाउँपालिकामा सञ्चालन गरिएका योजनाको बजेटमा स्थानीय तहका कर्मचारी र उपभोक्ता समितिले मनपरि गरेको पाईएको छ ।

फिल्डमा आउने प्रविधिक कर्मचारीहरुले समितिबाट सिधै रकम माग्ने र उपभोक्ता समितिले कर्मचारीपिच्छे कुखुराको भाले खुवाउने गरेका छन् । योजना निरीक्षण योजना पारिएको भन्दै उपभोक्तासँग घुससमेत मागिएको छ । यो खबर आजको कारोवार दैनिकबाट लिएका हौं ।

प्रकाशित मिति: सोमवार, बैशाख ३१, २०७५ /Monday, May 14th, 2018, 7:17 am