अभिनेत्री ज्याकलिन सवार कार दुर्घटना

मुम्बई, वैशाख ३१ । । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज सवार कार दुर्घटनाग्रस्त भएको छ। ज्याकलिनको कारलाई मुम्बईस्थित बान्द्रामा आइतबार विहान अटोरिक्साले ठक्कर दिएको हो। प्रहरीका अनुसार अटोरिक्साका चालकले मादकपदार्थ सेवन गरेका थिए ।

ज्याकलिन आइतबार विहान पौने ३ बजे सलमान खानको निवास आयोजित रेस ३ को पार्टीमा सहभागी भएर घर जादै थिइन । ज्याकलिनले अटोरिक्साका चालकले मादक पदार्थ सेवन गरेको तर आफूहरु सकुसल रहेको बताएको भारतीय सञ्चार माध्यामले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: सोमवार, बैशाख ३१, २०७५ /