डेब्यु खेलमै सन्दीपले लिए कोहलीको टिमको महत्वपूर्ण विकेट !

काठमाडौं, बैशाख २९ । नेपालका लेग स्पीनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लीग आइपिएलको पहिलो खेलमै विकेट लिएका छन् । दिल्ली डेयरडेविल्सबाट खेलिरहेका सन्दीपले शनिबार खेल्ने अवसर पाएका थिए ।

लामिछानेले रोयल च्यालेन्जर्स बैंलोरका पार्थिव पटेललाई एलविडब्लु आउट गरेका हुन् । दुई ओभर बलिग गरेका सन्दीपले जम्मा ७ रन दिएर १ विकेट लिएका हुन् । लामो समय बेन्चमा रहेका सन्दीपलाई शनिबारको ४५ औ खेलमा सहभागी गराइएको थियो ।

प्रकाशित मिति: शनिबार, बैशाख २९, २०७५ /