सन्दीपले अाज अार्इपीएलमा डेब्यू गर्ने

वैशाख २९। नेपाली क्रिकेटर सन्दीप लामिछानेले आईपीएल क्रिकेटमा डेब्यु गर्ने भएका छन् ।

दिल्ली डेयरडेभिल्समा २० लाख भारतीय रुपैयामा अनुबन्ध भएका सन्दिपले टीमको १२ औ खेलमा डेब्यु गर्ने निश्चित भएको हो ।

दिल्लीले आज बेग्लोरसँग खेल्दैछ ।

यससँगै सन्दीप आईपीएल खेल्ने पहिलोे नेपाली क्रिकेटर पनि बन्नेछन् ।

आजै भारतीय प्रधानमन्त्री मोदीले काठमाडौंमा सन्दीप आईपीएलमा जोडिएपछि नेपाल र भारतको सम्बन्ध नागरिकस्तरमा झनै बलियो बनेको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति: शनिबार, बैशाख २९, २०७५ /Saturday, May 12th, 2018, 8:16 pm