फेरी घट्यो नेप्से , यी हुन् कमाउने कम्पनिहरु

काठमाडौं, वैशाख २६ । दिनभरको उतावचढाव पछी साताको चौथो दिन बुधबार पनि नेप्से घटेर बजार बन्द भएको छ । यस दिन नेप्से ४ दशमलब ८७ अंकले घटेर १ हजार ३ सय ५६ दशमलब १५ अंकमा पुगेको छ ।

अघिल्लो दिन मंगलबार भने नेप्से १५ दशमलव ६५ अंकले बढेर १ हजार ३ सय ६१ दशमलव ०२ अंकमा पुगेको थियो ।

नेप्सेमा आएको गिरावटसंगै कारोबार रकममा पनि कमि आएको छ । १६० कम्पनीको ६ लाख ५४ हजार २ सय २४ कित्ता सेयर किनबेच भएको बुधबार ३४ करोड ७ लाख ३४ हजार ३ सय ८९ रुपैयाको कारोबार भएको छ ।

मंगलबार १ सय ६५ कम्पनीहरुको १४ लाख ३९ हजार ३ सय ९३ कित्ताको शेयर किनबेच हुँदा ५० करोड ६४ लाख ८९ हजार ३२२ रुपैयाँको कारोबार भएको थियो ।

यस दिन अन्य समूह बाहेक कारोबारमा आएका सबै समूह घटेका छन् । अन्य समूह शुन्य दशमलब ०९ अंकले बढेको छ । सबै भन्दा बढी बिमा समूह १८ दशमलब ६९ घटेको छ भने होटल्स समूह १२ दशमलब ०१ अंक, बिकाश बैंक समूह ८ दशमलब ०७ अंक, माइक्रोफाइनान्स समूह ६ दशमलब ६३ अंक, जलबिधुत समूह ६ दशमलब २ अंक, बैंकिंग समूह ५ दशमलब १ अंक, उत्पादन समूह ४ दशमलब ४३ अंक र फाइनान्स समूह २ दशमलब ६९ अंकले घटेका छन् ।

यस दिन समता माइक्रोफाइनान्स सहित ३ कम्पनिका लगानीकर्ताले ३ प्रतिशत भन्दा माथि कमाएका छन् । बुधबार कमाउने कम्पनीहरुमा समता माइक्रोफाइनान्स ३ दशमलब ९१ प्रतिशत, सपोर्ट माइक्रोफाइनन्स ३ दशमलब ७०, पुर्णिमा बिकास बैंक ३ दशमलब ५४ रहेका छन् ।

त्यस्तै यस दिन सिन्धु बिकाश बैंकका लगानीकर्ताले ५ प्रतिशत भन्दा बढी गुमाएका छन् । यस दिन सिन्धु विकास बैंकका लगानीकर्ताले ६ दशमलब ८४ अंक, बरुण हाइड्रोपावरका लगानीकर्ताले ३ दशमलब ५५ अंकले गुमाएका छन् ।

प्रकाशित मिति: बुधबार, बैशाख २६, २०७५ /Wednesday, May 9th, 2018, 3:28 pm