एआई प्रयोग गर्दै जिमेल, स्मार्ट कम्पोज सुरु

गुगलले जिमेलमा स्मार्ट कम्पोज नामको नयाँ फिचर लागू गर्ने घोषणा गरेको छ । मंगलबार गुगल आई/ओ २०१८ मा आफ्नो लोकप्रिय इमेल सर्भिस जिमेलमा एआई (आर्टिफिशियल इन्टेलिजेन्स) र मेसिन लर्निङको प्रयोग गरिने बताएको छ ।

एआई (आर्टिफिशियल इन्टेलिजेन्स) र मेसिन लर्निङको प्रयोगबाट जिमेलमा अब नयाँ इमेल कम्पोज गर्दा शब्द वा वाक्यको सुझाव प्राप्त हुनेछ । यदि तपाइले मेल पठाउन टाइपिङ गर्दै हुनु हुन्छ भने अब टाइपिङ सुरु गर्दा सजेशन पाउन थाल्नुहुन्छ ।

हाललाइ यो सेवा केहि प्रयोगकर्तालाई मात्र उपलब्ध भए पनि केही हप्ताभित्र सबै प्रयोगकर्ताका लागि रोल आउट गरिने बताइएको छ ।

गुगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचाइले क्यालिफोर्नियामा आयोजित कम्पनीको वार्षीक आइ/ओ डेभलपर कम्फरेन्समा जिमेलमा यो सुबिधा आउने घोषणा गरेका हुन् ।

स्मार्ट कम्पोजमार्फत प्रयोगकर्ताका लागि पहिलेको तुलनामा इमेल पठाउन र ड्राफ्ट गर्न थप सहज र छिटो हुनुका साथै ग्रामेटिकल मिस्टेक हुने अबस्थाको पनि अन्य हुने उनले बताए ।

मेल टाइप गर्दै गर्दा  यदि तपाईंलाई कुनै सजेशन प्रयोग गर्न मन लाग्यो  भने  भने ट्याब बटन दबाउन सक्नुहुन्छ ।

नयाँ जिमेल स्मार्ट कम्पोज फिचर प्रयोग गर्नका लागि प्रयोगकर्ताले Settings मा गएर Try the new Gmail मा जानुपर्छ । त्यसपछि Settings मा गइ General and enable Experimental जानुपर्छ ।

स्मरण रहोस्, एक महिना अघि मात्र जिमेलको डेस्कटप र मोबाइल प्लेटफर्ममा ठूला परिवर्तन गरिएको थियो । यसमा एआई बेस्ड–फिचर्स जस्तै स्मार्ट रिप्लाई, इमेल स्नूजिंग र नजिंगजस्ता फिचर जारी गरिएका थिए ।

प्रकाशित मिति: बुधबार, बैशाख २६, २०७५ /Wednesday, May 9th, 2018, 5:38 pm