हुरीले उडाए मोदीका स्वागतद्वार

जनकपुर, बैशाख २६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि जनकपुरमा बनाइएको स्वागतद्वार आज बिहान आएको हावाहुरीले भत्काएको छ । द्वार भत्केर केही मजदूर घाइते भएका छन् ।

भारतीय प्रधानमन्त्री मोदी दुई दिन पछि जनकपुर भ्रमणमा आउने कार्यक्रम तय भएपछि स्वागतका लागि द्वारहरु बनाइएका थिए । वर्षासँगै आएको हावाहुरीले पण्डाल र स्वागत द्वार उडाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मोदीको अभिनन्दन हुने रंगभूमी बाह्र बिगाह मैदानमा पनि पानी जमेको छ ।

यस्तै महोत्तरीमा आएको हावाहुरीका कारण किसानहरुले लगाएको आँपमा क्षति पु¥याउनुका साथै बर्दिबासमा लगाइएको सप्ताहको टेन्टसमेत भत्काइदिएको छ ।
महोत्तरीमा धेरैको घरको छानो उडाएको र रुख ढालेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, बैशाख २६, २०७५ /Wednesday, May 9th, 2018, 1:00 pm