आइपीएलमा बुधबार एक खेल हुँदै, मंगलबार राजस्थान रोयल बिजयी

काठमाडौं, वैशाख २६ । इन्डियन प्रिमियर लिग क्रिकेटमा बुधबार मुम्बई इन्डियन्स र कोलकाता नाइट राइजर्सबीच प्रतिस्पर्धा हुदैछ । खेल ईडेन गार्डेन्स कोलकातामा नेपाली समयअनुसार रातीसवा ८ बजे हुनेछ ।

अहिलेसम्मको १० खेलमा ५ मा जित निकाल्दै कोलकाता १० अंकसहित अंकतालिकाको चौथो स्थानमा रहेको छ भने समान खेलमा ४ मा जित निकालेको मुम्बई ८ अंक जोडेर अंकतालिकाको पाँचौं स्थानमा रहेको छ ।

आईपिएलमा मंगलबार खेलमा राजस्थान रोयल्सले किङ्स ११ पञ्जाबलाई १५ रनले पराजित गरेको थियो । १ सय ५९ रनको लक्ष्य पछ्याएको पञ्जाब ७ विकेटको क्षतिमा १ सय ४३ रनमा समेटिइको थियो । टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । जीतसँगै राजस्थान ८ अंक सहित अंकतालिकाको पुछारबाट छैटौं स्थानमा उक्लेको छ । गएरातीको खेल गुमाएको पञ्जाबको १२ अंक छ ।

प्रकाशित मिति: बुधबार, बैशाख २६, २०७५ /