यी हुन् डिआईजीमा बढुवा हुने १६ एसएसपी (सूचिसहित)

काठमाडौ, बैशाख २५ । नेपाल प्रहरीका १६ एसएसपीहरु डीआइजीमा बढुवाको लागि सिफारिसमा परेका छन । गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले प्रकाशन गरेको बढुवा सुचीअनुसार एसएसपी केदार रिजाल पहिलो नम्बर, शेर बहादुर बस्नेत दोस्रो, पिताम्बर अधिकारी तेस्रो नम्बरमा बढुवाको लागि सिफारिस भएका छन ।

त्यस्तै गरि चौथो नम्बरमा दिपक कुमार थापा, पाँचौ नम्बरमा दिनेश अमात्यको नाम सिफारिस गरिएको छ । प्रहरी नियमावली  २०७१ संशोधनसहित को नियम २७ को उपनियम १४ अनुसार चैत २८ गतेदेखि रिक्त रहेका २३ डिआईजीमध्ये १६ को मात्र बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ। बाँकी ७ पद खारेज भएको हो।

हेर्नुहोस सूचि

प्रकाशित मिति: मङ्लबार, बैशाख २५, २०७५ /Tuesday, May 8th, 2018, 6:15 am