लगातार ओरालो लाग्दै नेप्से, घटेको बजारमा पनि यी कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौँ, बैशाख २४ । साताको दोस्रो दिन सोमबार पनि नेप्सेमा गिरावट आएको छ । साताको पहिलो दिन आइतबार १२ दशमलव ५१ अंकले घटेर १ हजार ३ सय ५३ दशमलव ६४ अंकमा पुगेको नेप्से सोमबार ८.२७ अंकले घटेर १ हजार ३ सय ४५ दशमलब ३७ अंकमा आएको छ ।

नेप्से घटे पनि कारोबार रकममा भने सोमबार सुधार भएको छ । आइतबार १ सय ६० कम्पनीहरुको ८ लाख ४३ हजार ४ सय १० कित्ताको शेयर किनबेच हुँदा जम्मा ३६ करोड १६ लाख ९६ हजार ७६३ रुपैयाँ को मात्र कारोबार भएकोमा सोमबार भने १५९ कम्पनीको ११ लाख २ हजार ५ सय ४८ कित्ता शेयर कारोबार हुँदा ४२ करोड ८८ लाख ३४ हजार ५ सय ३५ रूपैया बराबरको कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका समूह मध्ये अन्य समुह शुन्य दशमलव ३४ अंक बढेको छ भने अन्य बाँकी सबै समुह घटेका छन् । सबैभन्दा बढी बीमा समुह ८१ दशमलव ७१ अंकले घटेको छ भने होटल समुह ३९ दशमलव ९६ अंक, लघुवित्त समुह २१ दशमलव ९ अंक, विकास बैंक समुह १४ दशमलव ४६ अंक, उत्पादन समुह १० दशमलव ९४ अंक, जलविद्युत समुह ६ दशमलव ३७ अंक, बैंकिग समुह ५ दशमलव १ अंक र फाइनान्स समुह ४ दशमलव १२ अंकले घटेका छन् ।

यस दिन सर्बाधिक कमाउनेमा उन्नति माइक्रोफाइनान्स रहेको छ, जसको ८ दशमलव ०३ प्रतिशत रहेको छ ।

त्यस्तै समता माइक्रोफाइनान्सका लगानीकर्ताले ३.८८ प्रतिशत, बुटवल पावर कम्पनीका लगानीकर्ताले २.४४ प्रतिशत, मिर्मिरे माइक्रोफाइनान्सका कम्पनीका लगानीकर्ताले २.३६ प्रतिशतले कमाएका छन् ।

यसदिन सर्बाधिक गुमाउनेमा कर्णाली डेभलपमेन्ट बैंक ४ दशमलव ८ प्रतिशत, ओरेन्टल होटल ४.६६ प्रतिशत, कन्काई विकास बैंकको ४ दशमलव २५ प्रतिशत, सिन्धु विकास बैंकको ४ दशमलव २२ प्रतिशत र सुमित माइक्रोफाइनान्स डेभलपमेन्टको ४ दशमलव २१ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: सोमवार, बैशाख २४, २०७५ /