आइफोन एक्स जस्तै देखिने भिभो भी नाइन युथ अब नेपाली बजारमा

केहि समय अघिमात्रै आफ्नो बहुप्रतिक्षित मिडरेन्ज फ्ल्यागशिप मोडल भिभो भी ९ सार्वजनिक गरेको भिभोले नेपाली बजारमा आफ्नो लेटेस्ट स्मार्टफोन भिभो भी नाइन युथ (Vivo V9 Youth) लन्च गरेको छ ।

डिजाइनलाई हेर्दा भिभो भी नाइन जस्तै देखिने भी नाइन युथमा ६.३ इन्चको ठुलो फुलभ्यू डिस्प्ले को साथमा आइफोन एक्सको जस्तै नच (notch) पनि रहेको छ ।

सफ्टवेयर
भिभो भी नाइन युथ (Vivo V9 Youth) मा एन्ड्रोइड ८.१ – ओरियो ओएस मा आधारित फनटच ओएस ४.० ( Funtouch OS 4.0 based on Android 8.1 -Oreo) को प्रयोग गरिएको छ |

डिस्प्ले र डिजाइन
यसमा ६.२३ इन्चको फुल एच डी आइ पि एस डिस्प्ले रहेको छ | यसमा स्क्रिनको सुरक्षाको लागि गोरिल्ला ग्लास ३ को प्रयोग गरिएको छ |

हार्डवेयर
यस स्मार्टफोनमा १.८ गिगाहर्ज को ओक्टाकोर स्नापड्रागन ४५० को प्रोसेसरको प्रयोग गरिएको छ, यसमा ४ जीबी र्याम को साथमा ३२ जीबी आन्तरिक मेमोरी रहेको छ जसलाई मेमोरी कार्ड मार्फत २५६ जीबी सम्म बढाउन सकिने छ |

क्यामेरा

भिभो भी नाइन  यूथमा डुअल रियर क्यामेरा छ,जसमा १६ एमपीको प्राइमरि सेन्सर र २ एमपीको सेकेण्डरी सेन्सर छ । यसमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । यस फोनको क्यामेरामा एक्स्पोजर् तथा आइएसओ कन्ट्रोल,डिजिटल जुम,अटो फ्ल्याश,फेस डिटेक्सन र एलइडी फ्ल्यास जस्ता फिचरहरु समावेश छन्,यसकारण मोबाइल फोटोग्राफी गर्न रुचाउने प्रयोगकर्ताहरुको लागि यो फोन एकदमै उपयुक्त हुनेछ ।

यसमा प्रयोग भएको दुवै ( अगाडी र पछाडिको)क्यामेराले [email protected] मा भिडियो खिच्न सकिन्छ ।

कनेक्टिभिटी

दुइ जीएसएम नानो सिम कार्ड प्रयोग गर्न मिल्ने यो स्मार्टफोनले टूजी, थ्रीजी, र फोरजि सपोर्ट गर्दछ | अन्य कनेक्टिभिटी अप्सनमा वाइफाई ( Wi-Fi 802.11 a/b/g/n/ac, dual-band, WiFi Direct, hotspot)ब्लु टूथ ४.२, ओटिजी सपोर्ट रहेका छन् |

सेन्सर
यसमा फोनको पछिल्लो भागमा क्यामेराको केहि मुनि सेन्टर भागमा फिंगरप्रिन्ट सेन्सर रहेको छ । यसमा लाइट सेन्सर, जी -सेन्सर ,इ -कम्पास, फेसअनलक (Fingerprint, proximity, compass, accelerometer, gyro, Face unlock)का सुविधाहरु पनि उपलब्ध छन ।

ब्याट्री
भिभो भी ९ यूथमा ३३२६० एम ए एच को ब्याट्री प्रयोग गरिएको छ ।

मूल्य तथा उपलब्धता
भिभो भी नाइन  यूथको मूल्य नेपाली बजारमा २९ हजार ३९० रहेको छ। नेपाली बजारमा यो फोन स्याम्पेन गोल्ड र पर्ल ब्लाक गरि दुइवटा कलर भेरियेंट मा उपलब्ध छ।

प्रकाशित मिति: सोमवार, बैशाख २४, २०७५ /