श्रीमानको कुटाई खाने उपप्रमुख अधिकारी भन्छिन– श्रीमान स्त्रीलम्पट भएकैले मैले कहिल्यै हाँस्न सकिन (अडियोसहित)

म भर्खर १९ वर्षकी थिएँ । २०४८ सालमा चितवनमा उहाँ (धु्रव कुँवर) सँग भेट भयो । सम्पन्न परिवारकी मलाई जागिर गर्नै पर्ने बाध्यता नभए पनि केही गर्नुपर्छ भन्ने सोचले चाइनिज इटा टायल कम्पनीमा लेखापालको रुपमा काम गर्न थाले । उहाँ त्यही कम्पनीको मेनेजर हुनुहुन्थ्यो । दिनहुँको भेटघाट र संगतले प्रेम बस्यो ।

मेरो विवाह २०४८ सालमै भयो । मागी विवाह नभएर भागी विवाह थियो त्यो । विवाह गरे लगत्तै मलाई श्रीमानले इन्डिया लग्नुभएको थियो । पछि थाहा पाएँ, उहाँको घरमा समस्या भएको रहेछ र मलाई भगाएर इन्डिया लग्नुभयो भन्ने । खासमा उहाँले विहे गरिसक्नु भएको रहेछ । यो कुरा मलाई थाहा थिएन । इन्डियामा मेरो श्रीमानको मामा बस्दा रहेछन् । त्यहाँ निकै गर्मी भएकोले मलाई बस्न मन लागेन । मेरै जोडमा केही समयमै हामी नेपाल फर्कियौं । त्यतिबेला मेरो गर्भमा बच्चा बसिसकेको थियो ।

इन्डियाबाट फर्केपछि मलाई सिधै चापागाउँमा लग्नुभएको थियो । त्यहाँ उहाँको दिदी बस्नुहुन्थ्यो । म त्यहीँ बसेकी थिएँ । त्यहाँ बस्दा दिदीले मेरो श्रीमानको अर्को श्रीमती छ भन्ने जानकारी गराउनुभयो । उहाँको कुरा मलाई पत्यार लागेन । मैले नपत्याएपछि दिदीले अर्की श्रीमती पट्टीका बच्चाको नाम पनि भन्नुभयो । म सँग सम्बन्ध सुरु भएपछि श्रीमानले अघिल्ली श्रीमतीलाई वास्ता गर्न छाडेको भन्ने धेरैबाट मैले सुने । विहेको बेला मलाई सबै कुरा लुकाइएको थियो । विहे गरेपछि सबै पारिवार कुराहरु छताछुल्ल भए । ती कुराले मेरो मनमा भतभत पोलिरहे । विहे गरेर सौताको रुपमा पसेपछि मैले अब कसैलाई केही भन्न सकिनँ । मेरो माइती पक्षमा सम्बन्ध बिग्रिसकेको थियो । अब जसरी हुन्छ मैले त्यहाँ बस्न म विवश थियो । हारगुहार गर्ने र दुःख पोख्ने ठाउँ थिएन । के गर्ने सोच्नै सकिनँ ।

दिदीकोमा केही दिनपछि मलाई बेलुकीपख श्रीमानको घर लगियो । घरमा पुग्दा सौता ल्यायोे भन्ने हल्ला चल्यो । धेरैले कुरा काटेको सुने । त्यतिबेला काठमाडौं र चितवन धेरै टाढा जस्तो लाग्थ्यो । त्यहा जानलाई सहज यातायात पनि थिएन । घरको यस्तो अवस्था सबै थाहा पाएपछि म मेरो माइती चितवनतिर फर्किएर धेरैवेर रोएँ । अन्ततः आफूलाई सम्हाल्नु बाहेक कुनै विकल्प थिएन मसँग । मलाई सासुले अलि माया गर्नुहुन्थ्यो । हामी छौं भनेर हौसला दिनुहुन्थ्यो । उहाँहरु पनि छोराबाट अलगिएर बस्नुभएको धेरै समय बितेको रहेछ ।

मेरो विहे हुनुपूर्व चितवनमा छँदा नेविसंघको जिल्ला सदस्य भएकी थिएँ । भर्खर स्नातक पढ्दै थिएँ । जब विहे भएर काठमाडौं आएँ त्यसपछि मेरा दुःख दिन सुरु भए । यहाँ आएपछि मेरो पृष्ठभूमी नै बदलियो । दिनचर्चा सकसपूर्ण बन्दै गयो । आफ्ना मान्छेहरुबाट टाढा हुँदै गएँ । विहे भएको केही समर्यपछि एकदिन भाईले मेरो अवस्था बुझ्न उसको साथिलाई पठाएछ । उ आफै आउन अप्ठेरा मानेर साथिलाई पठाएको रहेछ । उसको साथिले भनेपछि म म भाई भएको ठाउँमा गए । मेरो अवस्था देखेर भाई निकैवेर रोयो । जानेबेला केही पैसा दिएर गयो । त्यसपछि उसले मेरो खबर आमालाई सुनाएछ । त्यसको दुईचार दिनमै मलाई भेट्न चितवनबाट आउनुभयो । मेरो अवस्था सुनाएपछि आमा धेरैबेर रुनुभयो । बस्न सक्दिनौं जाम भन्नुभयो । तर, मेरो कोखमा बच्चा हुर्किसकेको थियो । उसलाई जन्म दिनुपर्ने बेला हुँदैथियो । त्यसैले सबै पिडा सहेर बसेँ ।

यताको घरमा बस्दा श्रीमानलाई दुःख भयो भन्ने ठानेर म बसाई सरेँ । आफैले थानकोटमा सानो झुपडी बनाएँ । छोरा त्यही जन्माएँ । छोरा ३ बर्षको हुँदा दुःख गरेर बनाएको घर पनि बाढीले भत्कायो । समाजमा मलाई दोश्रो श्रीमती भनेर हेप्थे । ऋण दिन मान्दैन्थे । श्रीमानको बानी जाड रक्सी खानेर र जुवातास खेल्ने बानीले जडेयाँकी स्वास्नी भन्थे ।

श्रीमान रातीसम्म घर आउँदैनथे । घरमा कुरा काट्थे सौता बन्न किन आएकी ? छिमेकीहरुको कुरा सुनेर म भित्रभित्रै रुन्थे । आफ्ना दुःख कपीमा उतार्ने गर्थेँ । श्रीमानलाई दिनभरीको लेखेको डायरी पढ्न दिन्थेँ । २०५२ सालमा मेरो अर्को छोरा जन्मियो । सानो छोरा जन्मिअएपछि मेरो भाउजु आउनुभएको थियो । मेरो विवाहको कारणले दाई आजसम्म बोल्नुहुन्न । भाउजुमार्फम दाईले मलाई सम्झना पठाउनु भएको थियो । उहाँसँग अझै पनि बोल्चाल हुँदैन । मेरो विहेकै कारण माइतीमा पनि सम्बन्ध बिग्रीयो । दुःख गर्दै जाँदा २०५२ फागुन २ गते गल्छा संस्थामा काम सुरु गरँे । त्यसपछि सानो छोरालाई नर्सरीमा भर्ना गरँे । छिमेकीको भरमा छोरालाई छाडेर अफिस जान्थँे । छोराहरु हुर्किदै गए ।

तर, श्रीमान बानी सुध्रिएको थिएन । उहाँको अरु केटीहरु प्रतिको झुकाव पनि बढ्दै थियो । उहाँ विवाहित महिलासँग लाग्नुहुन्थ्यो । मलाई धेरै तनाव दिनुहुन्थ्यो । एकदिन श्रीमान्ले पोखरामा केटीसँग अर्को काण्ड मच्याउनु भएको थियो । त्यहाँ गएर मिलापपत्र गराएर आएँ । उहाँको फोन सारै व्यस्त हुन्थ्यो । झगडा सुरु भएपछि म चितवन रुँदै गएँ । ठूला छोराले फोन ग¥यो । सासुले फोन गरेर मलाई उल्टै हप्काउनु भयो । घरमा संरक्षण नपाएपनि म चितवन गएकी थिएँ । सासुले मलाई घरमा बोलाउनु भयो । घरमा पुग्दा श्रीमान सधेै रक्सी पिएका हुन्थे । छोराहरुकै आसमा समय बिताउँदै गएँ । भुकम्पमा घर भत्कियो । श्रीमानको अर्की केटीसँग नजिक हुँदै जानुभयो । । छाप्रोमा बस्दा पनि उहाले चासो दिनु भएन । एकदिन दक्षिणकालीमा एकजना महिलासँग उहाँलाई भेटेँ । त्यो । केटीलाई उसको श्रीमानकोमा बुझाईदिएँ । फेरी त्यसको भोलीपल्ट श्रीमानले चारवटा रक्सीका बोत्तल रित्याएर बस्नुभएको थियो ।

भुकम्पछि अर्को समस्या निम्तियो । भूकम्पले पूरै घर भत्कायो । चर्किएको घर मर्मत गर्नै बाँकी थियो । मैले खाइ नखाई नोकरी गरेर कमाएको पैसाले बनाएको घर चर्किए पछि निकै तनाव थियो । तर घर बनाउने कुरामा उहाँलाई कुनै चिन्ता र चासो नै थिएन ।

पुरा सुन्नको लागि…..

यो पनि पढ्नुहोस्

उपप्रमुख कुट्ने श्रीमान कुवँरको बयान– यसकारण मैले श्रीमतीमाथि हात हालेँ !

श्रीमानको कुटाइबाट गोदावरी नगरपालिका उपप्रमुख अधिकारी गम्भीर घाइते

प्रकाशित मिति: आइतवार, बैशाख २३, २०७५ /Sunday, May 6th, 2018, 12:57 pm