एमाले–माओवादी एकता अघि को को सँग एकता गर्दैछन प्रचण्ड !

जीवन अधिकारी/ललितपुर, बैशाख २२ । एमालेसँगको एकता मिति पर धकेली रहेकाबेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अन्य पार्टीसँग एकता गर्ने तयारीमा रहेका छन ।

एमालेसँग दुई पटक हुने भनिएको एकता प्रक्रिया रोकिएपछि प्रचण्डसँग नया शक्ति नेपाल, संघीय समाजवादी फोरम लगायतका पार्टीले छलफल गरेका छन । नया शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईले त यो महिनामा मात्रै चार पटक प्रचण्डसँग वार्ता गरिसकेको स्रोतले जनायो । दुईदिन अघि भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसित प्रचण्डको भेट भएको छ । भेटमा भएका सबै कुरा सार्वजनिक नगरिए पनि पछिल्लो चरण एमालेसँगको एकता अघि अन्य पार्टीहरुबिच एकता हुन सक्ने सम्भावना रहेको स्रोतले दाबी गरेको छ । एमालेका अध्यक्ष केपी ओलीले प्रचण्डले एकता प्रक्रियामा बाग्रेनिङ गरेको अभिव्यक्ति दिएपछि प्रचण्ड असन्तुष्ट बनेका छन । एमालेसँगको पार्टी एकतामा सबैभन्दा बढी गम्भीर भएर लागेको आफ्नो पार्टीका अध्यक्षलाई लगाइएको आरोप असत्य बनाउन प्रचण्ड लागिरहेका बेला एमालेका नेतृत्वबाटै विभिन्न खाले टीका टिप्पणी आएपछि अन्य पार्टीका नेताहरु एकातामा जोडिने कसरतमा रहेको प्रचण्ड निकट एक नेताले दैनिकीन्युजलाई जानकारी दिए । उनले भने– “प्रचण्ड जी अहिले पनि एमालेसँगको निर्णायक एकतामा अडिग हुनुहुन्छ, तर एमालेले पछिल्लो दिनमा मिडियामा प्रचण्डको कारण एकता अबरुद्ध भयो भन्ने किसिमले प्रचार गरिरहेको पाइयो त्यसमा उहाँ असन्तुष्ट हुनुहुन्छ, उहाँको अहिले पनि एउटै मिसन भनेको एमालेसँगको एकतालाई जस्ता सुकै अवरोध आएपनी टुंगोमा पुर्याउनु रहेको छ तर एमाले भित्रै त्यसलाइ रोक्ने खेल भैरहेको छ ।”

यसअघि कम्युनिस्ट पार्टी स्थापनाको दिन बैशाख ९ गते गर्ने तयारी भएको दुई पार्टी एकता ब्यानर बिवादले रोकिएको थियो । त्यसपछि केही समय प्रचण्ड र ओलीबिच वार्ता नै हुन सकेन । दुई पार्टी एकताका लागि गठित उपसमितिले आफ्नो प्रतिवेदन एकता संयोजन समितीलाइ बुझाइ सकेपनि त्यसमा अहिलेसम्म गम्भीर छलफल नभएको समाचार सार्वजनिक भैसकेका छन । तर, दुईदिन अघि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच दुईचरणमा भएको छलफलमा चार बुँदे सहमती बनेको भनिए पनि त्यसमा मुख्य कुरामा कुनै सहमती नबनेको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले संचारमाध्यमलाई जानकारी दिएका थिए ।

ओलीसँग निर्णायक वार्तामा बसे पनि कुनै निष्कर्ष ननिस्किएपछि प्रचण्डसँग अन्य पार्टीबिच एकता गर्न नेताहरुले भेट गरिरहेका छन । तर तत्काल प्रचण्डले अन्य पार्टीसँग एकता भन्दा पनि एमालेसँगको एकतालाई जोड दिएको ती नेताले बताए ।

यादव र भट्टराईबिचको छलफलपछि प्रचण्ड अन्य पार्टीसँगको एकतालाई अघि बढाउन तयार हुन्छन कि एमालेलाइ कुर्छन त्यो प्रस्ट भैसकेको छैन तर बृहत् एकताको पक्षमा रहेका उनलाई बिचार मिल्नेहरुबिच एकता गर्न दबाब बढ्दै गएको छ ।

शुक्रबार भएको एक कार्यकममा प्रचण्डले एकता ढिलो गर्न नहुने बताउँदै अन्य पार्टीसँग पनि एकता गर्ने खुलासा गरेका थिए ।

आफ्नै पार्टीबाट फुटेर गएका मोहन वैद्य (किरण), उनीबाट पनि फुटेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र बैकल्पिक शक्ति निर्माणका लागि नया शक्ति पार्टी गठन गरेका डा बाबुराम भट्टराईबिच एकता गर्न प्रचण्डलाई दबाब छ । आफुलाइ एमालेले कमजोर आकेको प्रचण्ड विश्लेषण छ यस्तो अवस्थामा नेपाली राजनीतिमा नया घटनाको बिकास हुने सम्भावना रहेको जानकारहरुको भनाइ छ ।

अत्यन्त गोप्य रुपमा भएको भट्टराई, यादव र विप्लवबिचको प्रचण्डको छलफलले त्यही संकेत गरेको देखिन्छ । तर प्रदेश र केन्द्र तहमा भएको चुनावमा देशलाइ आर्थिक समृद्धिको लागि दुई पार्टीलाई जनताले दिएको मतलाइ प्रचण्डले दशपटक सोच्नेछन र अन्य पार्टीबिचको एकता अघि बढाउने स्रोतले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, बैशाख २२, २०७५ /Saturday, May 5th, 2018, 8:59 am