गोंगबु- रत्नपार्क- सिनामंगल रुटमा चल्ने माइक्रोको रुटपरमिट खारेज

काठमाडौं, बैशाख २१ । सिण्डिकेट गराउन भूमिका खेलेको भन्दै यातायात व्‍यवस्था विभागले गोंगबु, रत्नपार्क, सिनामंगल रुटमा चल्ने माइक्रोको रुट परमिट खारेज गरिदिएको छ ।
शुक्रबार सिन्डिकेट पक्षधर व्यावसायीलाई साथ दिँदै माइक्रो नचलाएपछि एस फाइभ समितिमा आवद्ध २६ वटा माइक्रो बसको रुट परमिट खारेज गरेको विभागले जनाएको छ।
शुक्रबार बसेको विभागको बैठकले एस फाइभलाई दिइएको रुट परमिट अनुमति पत्र खारेज गर्ने निर्णय गरेको हो।

सरकारले सिण्डिकेट खारेज गरेपछि त्यसको विरोधमा देशभरका यातायात व्यवसायीले शुक्रबार कुनै गाडी नचलाउने निर्णय गरेपछि देशभरको यात्रुले सास्ती खेप्नुपरेको छ ।
देशभरमा सिण्डिकेट पक्षधरलाई साथ दिँदै गाडी नचलाएका यातायात समितिका तथ्‍याङ्क संकलन भइरहेको गाडी नचलाउने सबैको रुटपरमिट खारेज हुने विभागले दावी गरेको छ ।यातायात व्यबस्था विभागले शुक्रबारदेखि नै लागू हुने गरी काठमाडौंको नयाँ बसपार्कमा रहेका यातायात व्‍यवस्था समितिका काउन्टरहरु हटाउने निर्णय गरेको छ। पुराना खारेज र्भसँगै कम्पनीको काउन्टर तत्काल राखिने विभागले जनाएको छ ।

शुक्रबार सिण्डिकेटका विरुद्धमा केही कम्पनीमा दर्ता भएका गाडीहरु चलेका थिए । उपत्यकाभित्र गाडीमा त्ति धेरै सास्ती नभएपनि उपत्यकाबाहिर भने यात्रुहरु मर्कामा परेका थिए ।

प्रकाशित मिति: शुक्रबार, बैशाख २१, २०७५ /Friday, May 4th, 2018, 6:16 pm