शुक्रबार बढ्यो सुनको मूल्य

काठमाडौं, वैशाख २१ । साताको छैटौं दिन शुक्रबार सुनको मूल्य बढेको छ ।

साताको पाचौ दिन बिहिबार प्रति तोला रु दुई सयले घटेको सुनको मूल्य शुक्रबार तोलामा दुइ सयले नै बढेको छ ।

बिहिबार सुन प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार भने प्रति तोला ५८ हजार ५०० रहेको नेपाल नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७५५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार पनि चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँमै कारोबार भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, बैशाख २१, २०७५ /Friday, May 4th, 2018, 12:08 pm