सिण्डिकेट गर्न नपाएर यातायात बन्द आब्ह्वान, ५० कम्पनीको गाडी गुड्ने

काठमाडौं, बैशाख २o । सिण्डिकेट गर्न नपाएरपछि शुक्रबार आन्दोलन घोषणा गरेका यातायात व्यबसायी विरुद्ध ५० कम्पनी उत्रिएका छन् । सरकारले सुरक्षा दिए उनीहरुले सेवा दिन तयार रहेको बताएका हुन् ।

सिण्डिकेटको पक्षमा लागेका यातायात क्षेत्रका व्यबसायीले सरकारले ल्याएको नयाँ निर्देशिकाको विरुद्धमा शुक्रबार लामो तथा छोटा दुरीमा यातायात नचलाउने घोषणा गरेका थिए, उनीहरुको विरुद्धमा
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका करिब ५० कम्पनी उभिएका हुन् ।

यातायात व्यवस्था विभागमा बिहीबार करिब ५० कम्पनीका सञ्चालकहरुले सरकारले सुरक्षा दिए आफूहरु बन्दका बेला पनि गाडी चलाउन तयार भएको स्पष्ट पारेका हुन् ।

यातायात व्यवस्था विभागले बिहीबार कम्पनीका सञ्चालकहरुसँग छलफल गरेको थियो ।
छलफलमा करिब ५० कम्पनीका प्रतिनिधि सहभागी थिए । उनीहरुले दिउँसो भन्दा राती सुरक्षा आवश्यक रहेको बताए ।

छलफलमा यातायात व्यवस्था विभागका निर्देशक तीर्थराज खनालले सरकारले सुरक्षा दिने दाबी गर्दै ढुक्क भएर गाडी चलाउन आग्रह गरे । यात्रुहरुको सुविधाको लागि यात्रु काउन्टर खोल्नुपर्ने कम्पनीमा दर्ता भएका व्यबसायीले सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति: बिहिबार, बैशाख २०, २०७५ /Thursday, May 3rd, 2018, 6:42 pm