बिहिबार बढ्यो नेप्से, बढेको बजारमा पनि यी कम्पनीका लगानीकर्ताले भने गुमाए

काठमाडौं, वैशाख २० । साताको अन्तिम दिन बिहिबार नेप्से बढेर बजार बन्द भएको छ । बिहिबार नेप्से ५ दशमलव ७७ अंकले बढेर १ हजार ३ सय ६६ दशमलव १५ अंकमा पुगेको छ ।

यस दिन नेप्से संगै कारोबार रकममा पनि सुधार आएको छ । १ सय ६९ कम्पनीहरुको १४ लाख ६५ हजार ५ सय ९३ कित्ताको शेयर किनबेच भएको बिहिबार जम्मा ७६ करोड ८३ लाख ७२ हजार २९३ रुपैयाँ कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन बुधबार भने १ सय ५८ कम्पनीहरुको ७ लाख ८५ हजार ५ सय ४४ कित्ताको शेयर किनबेच हुदा ३८ करोड ६ लाख ८ हजार ६५३ रुपैयाँ कारोबार भएको थियो ।

यस दिन कारोबारमा आएका समुहहरुमा २ वटा समुहहरु होटल समुह ८ दशमलव ६७ अंक र अन्य समुह २ दशमलव ९६ अंकले घटेको छन् भने बाकि समुहहरु बढेका छन् ।

सबैभन्दा बढी बीमा समुह ७५ दशमलव ६२ अंक, जलविद्युत समुह १७ दशमलव १ अंक, लघुवित्त समुह १६ दशमलव ५५ अंक, उत्पादन समुह १० दशमलव ६ अंक, फाइनान्स समुह ३ दशमलव ८६ अंक, बैंकिंग समुह ३ दशमलव ५५ अंक र विकास बैंक समुह ३ दशमलव ४९ अंकले बढेका छन् ।

यस दिन सर्बाधिक कमाउने स्वदेशी लघुवित्त वित्तीय संस्था ९ दशमलव ५२ प्रतिशत, महिला सहयोगी माइक्रोफाइनान्स वित्तीय संस्था ७ दशमलव ८९ प्रतिशत र हाथव्ये फाइनान्स ७ दशमलव ०४ प्रतिशतले बढेका छन् ।

त्यस्तै गरी सर्बाधिक गुमाउनेमा मितेरी डेभलपमेन्ट बैंकको ५ दशमलव ११ प्रतिशत रहेको छ ।

गुमाउने १० कम्पनीहरु …

प्रकाशित मिति: बिहिबार, बैशाख २०, २०७५ /