बिहिबार घट्यो सुनको मूल्य

काठमाडौं, बैशाख २० । साताको पाँचौं दिन बिहीबार सुनको घटेको छ । बुधबार प्रतितोला रु ५८ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मूल्य बिहिबार मूल्य दुई सयले घटी प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै बुधबार तेजावी सुन ५८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज रु २ सयले घटेर तेजावी सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला ७५५ रुपैयाँमा कारोबार भएको थियो भने बिहिबार पनि चाँदीको प्रतितोला मूल्य ७५५ रुपैयाँमै कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहिबार, बैशाख २०, २०७५ /Thursday, May 3rd, 2018, 12:07 pm