एसएसपी लोहनी पक्राउ

काठमाडौं, वैशाख १९ । महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीलाई पक्राउ गरिएको छ ।

साढे ३३ किलो सुनकाण्डमा मुछिएका एसएसपी लोहनीलाई सो सुनकाण्ड प्रकरणको अनुसन्धान गर्न गठित समितिले बयानका लागि बोलाएकोमा बयानपछि पक्राउ पूर्जी थमाइएको हो ।

उनीमाथि संगठित अपराधअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ । प्रकरणमा लोहनीसहित पक्राउ पर्नेको संख्या २९ पुगेको छ ।

प्रकाशित मिति: बुधबार, बैशाख १९, २०७५ /