स्मार्ट टेलिकमद्वारा पोखराको न्युरोडमा स्मार्ट सेन्टर स्थापना

काठमाडौं, बैशाख १९ । हालै फोरजी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई थप सेवा उपलब्ध गराउन पोखराको न्युरोड स्थित अरविन्द कम्प्लेक्समा आफ्नो आधिकारिक स्मार्ट सेन्टर संचालनमा ल्याएको छ ।

यही वैशाख १७ गतेबाट शुरु गरिएको स्मार्ट सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध हुने तथा स्मार्टका उत्पादन तथा सेवाहरुको जानकारी सहजै प्राप्त हुने कुरा स्मार्ट टेलिकमले उल्लेख गरेको छ।

यस स्मार्ट सेन्टरबाट पोखरा तथा आसपासका ग्राहकहरुका सम्पूर्ण आवश्यकता एवं जिज्ञाशाहरुलाई सहज एवं सुलभ तरिकाबाट समाधान गरिने कम्पनीले जनाएको छ।

स्मार्ट सेलको नयाँ सेन्टरको उद्घाटन गर्दै कम्पनीका प्रमुख वाणिज्य अधिकृत राजीव कुमारले ग्राहकहरुको लागि सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्ने यस सेन्टरको उद्देश्य रहेको बताए ।

स्मार्ट सेलले कुमारीपाटी, पुतलीसडक तथा भक्तपुरमा पनि आफ्नो सेन्टरको स्थापना गरि सकेको छ भने आगामी दिनमा नेपालका अन्य प्रमुख सहरहरुमा पनि स्मार्ट सेन्टर स्थापना गर्ने जानकारी गराएको छ।

प्रकाशित मिति: बुधबार, बैशाख १९, २०७५ /