श्रीमानको कुटाइबाट गोदावरी नगरपालिका उपप्रमुख अधिकारी गम्भीर घाइते

केशव घिमिरे/ललितपुर, बैशाख १९ । श्रीमानको कुटाइबाट गोदावरी नगरपालिका उपप्रमुख मुना अधिकारी गम्भीर घाइते भएकी छिन । हिजो राती श्रीमान ध्रुब कुँवरले कुटपिट गरेका थिए ।

घरायसी काममा विवाद भएपछि उनको श्रीमान् कुँवरले आफ्नै निवास गोदावरी नगरपालिका वडा नं. ३ टौखेलमा कुटपिट गरेको स्थानीयले बताएका छन । आँखामा गम्भीर चोट लागेकी मुनाको शरीरभरि निलडाम देखिएको प्रहरीले जनाएको छ । उपप्रमुख अधिकारी कुट्ने कुँवरलाइ बाँडेगाउँ प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी बृत सातदोबाटो राखिएको प्रहरी निरीक्षक सुन्दर चौलागाईले दैनिकीन्युजलाई बताए ।

कुटाइबाट घाइते अधिकारीलाई उपचार गरिदै छ । स्थानीय निर्वाचनमा गोदावरी नगरपालिकामा नेपाली काग्रेसबाट उपप्रमुख बनेर अधिकारिले चुनाव जितेकी हुन । जनप्रतिनिधि बनिसकेकी श्रीमतीलाई मरनासन्न हुनेगरी कुट्ने श्रीमान कुँवरलाइ हदै सम्मको कारवाही हुन सक्ने प्रहरीको बनाइ छ । अहिले अनुसन्धान चलिरहेको प्रहरीले जनायो ।

स्थानीय स्तरमा हुने झैझगडा, मुद्दा मिलाउन गठन गरिने न्यायिक समितीको संयोजक रहने उपप्रमुख आफै घरेलु हिंसाको शिकार बनेकी हुन ।

यो पनि पढ्नुहोस्

श्रीमानको कुटाई खाने उपप्रमुख अधिकारी भन्छिन– श्रीमान स्त्रीलम्पट भएकैले मैले कहिल्यै हाँस्न सकिन (अडियोसहित)

गोदावरी नगरपालिका उपमेयर अधिकारीका श्रीमान कुँवर भन्छन्– यसकारण मैले श्रीमतीलाई पिटे

प्रकाशित मिति: बुधबार, बैशाख १९, २०७५ /Wednesday, May 2nd, 2018, 8:11 am