अध्यक्ष प्रचण्डसँग इजरायली राजदूत बेनी ओमेरको भेट

काठमाडौं, वैशाख १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग इजरायलका राजदूत बोनी ओमेरले भेट गरेका छन् ।
मंगलवार बिहान खुमलटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले कृषि क्षेत्रमा इजरायलले गरेको प्रगति नेपालको आर्थिक समृद्धिका लागि अनुकरणीय हुने बताए ।

उनले भने, ‘नेपालको आर्थिक समृद्धि कृषिमा आधारित उद्योगको विकासबाट मात्र सम्भव छ र त्यसमा इजराजयको प्रविधि हाम्रा लागि धेरै महत्वपूर्ण हुन्छ ।’
उनले कृषिमा आधारित उद्योगका लागि आफूहरु इजरायलसँग प्राविधिक सहकार्य गर्न इच्छुक रहेको पनि बताए ।
‘इजरायलको कृषि क्षेत्रको प्रगति हाम्रा लागि प्रेरणा स्रोत हुन्,’ उनले भने ।

इजरायलका राजदूत ओमेरले आफूहरु नेपालको कृषि क्षेत्रको विकासमा सहयोग गर्न तयार भएको बताए । उनले भने, ‘मौरीपालन, फलफूल र तरकारी खेती हाम्रा प्राथमिकतामा छन् । यो क्षेत्रमा हामी नेपाली किसानसँग सहकार्य गर्न इच्छुक छौं ।’ सिकौ र कमाऔं भन्ने नीति इजरायलको रहेको बताउँदै राजदूत ओमेरले नेपालमा व्यवसायिक तालिम केन्द्र खोल्न आफूहरू तत्पर रहेको धारणा राखे ।

प्रकाशित मिति: मङ्लबार, बैशाख १८, २०७५ /Tuesday, May 1st, 2018, 11:20 am