काम मिलाइदिन्छु भन्दै फेरि ठग्दै तिमल्सिना !

ललितपुर, बैशाख १७ । सर्वसाधारण ब्यक्तिको डेढ करोड भन्दा ठग्ने रामबहादुर थापा बादलका निजि ड्राइभर कृष्ण बहादुर तिमल्सिना खत्रीले फेरि मानिस ठग्न थालेका छन् ।

सर्वसाधारणको उजुरी महानगरिय प्रहरी परिषद् टेकुमा परेपछि गृहमन्त्रीको आडमा प्रहरीलाई समेत प्रभावमा पारेर ती उजुरीको कुनै सुनुवाई अगाडि बढ्न नदिएको स्रोतले जनाएको छ । यद्यपी तिमल्सिनाले आफू गृह मन्त्रालयको सचिवालयमा काम गर्दै आइरहेको बताइरहेका छन् । तिमल्सिना खत्रीले अहिले पनि गृहमन्त्रीको ड्राइभरकै रुपमा तलब भत्ता लिइरहेका छन् ।

यसअघि उनले सर्वसाधारण जनताको करोडौं रकम ठगेको उजुरी केन्द्रिय अनुसन्धान ब्युरो र माओवादी केन्द्रीय कार्यालय पेरिसडाडामा परे पनि त्यसको कुनै सुनुवाइ भएको छैन । स्रोतका अनुसार गृहमन्त्रीको सचिवालयमा तिमल्सिनाको नाम नभए पनि तलब भत्ता कसरी पठाइएको अहिलेसम्म कसैले ठोस जानकारी दिएका छैनन ।

संस्थागत रुपमा सिरियल ठगी गर्दै आएका उनले ठगी गरेका ब्यक्तिहरु पनि अहिले पुल्चोकस्थित गृहमन्त्री बादलको क्वाटर पुग्ने गरेका छन् ।

यो पनि पढ्नुहोस्
गृहमन्त्रीको ड्राइभरले ठगे डेढ करोड !

सर्वसाधारणको डेढ करोड ठगी गर्ने ड्राइभरलाई गृहमन्त्रीको सरक्षण !

प्रकाशित मिति: सोमवार, बैशाख १७, २०७५ /Monday, April 30th, 2018, 9:11 pm