सार्बजनिक हुदै नोकिया एक्स, सार्बजनिक अगाबै तस्बिर लिक

विश्व बिख्यात मोबाईल कम्पनी नोकियाले आफ्नो पछिल्ला उत्पादन नोकिया एक्स सार्बजनिक गर्ने भएको छ । एचएमडी ग्लोबल कम्पनी अन्तर्गत नोकियाले नया फोन नोकिया एक्स २०१८ को मे १६ मा सार्बजनिक गर्न लागेको हो ।

कम्पनीले चीनमा मे १६ मा फोन लन्च गर्नको लागि प्रेस कन्फरेन्सको लागि निमन्त्रणा पनि गरिसकेको छ ।

केहि दिन अघि नै नोकिया एक्सको भन्दै केहि तस्बिरहरु सार्बजनिक भएका थिए ।


नोकियाले सार्बजनिक गर्न लागेको नयाँ स्मार्टफोनको नाम सिक्स एक्स रहन पनि सक्नेछ । स्मरण रहोस एचएमडी ग्लोबल कम्पनी अन्तर्गत नोकियाले सबै भन्दा पहिला चीनमा स्मार्टफोन सार्बजनिक गर्दा पनि नोकिया सिक्स नामबाट सार्बजनिक गरेको थियो । नोकियाले यसपटक सार्बजनिक गर्न लागेको यो स्मार्टफोन एप्पलको आइफोन एक्स जस्तै हुने बताइएको छ ।

नयाँ स्मार्टफोन( एक्स सिक्स ) मा आइफोन एक्स को झैँ अगाडीको भाग पुरै स्क्रिन हुने छ । बाहिरिएका रिपोर्ट अनुसार नोकिया एक्स दुइ भर्सनमा उपलब्ध हुने छ । ४ जीबी र्याम र ६४ जीबी इन्टरनल स्ट्रोरेज रहेको भर्सनमा मिडियाटेक हेलियो पी सिक्स्टि प्रोसेसर प्रयोग हुने र ६ जीबी र्याम र १२८ जीबी इन्टरनल स्ट्रोरेज रहेको भर्सनमा क्वालकम एसएमडी स्न्यापड्य्रागन ६३६ प्रोसेसर प्रयोग हुने छ ।


दुवै भर्सनमा डुयल क्यामरा रहनेछ भने एन्ड्रोइड ८.१ अपरेटिंग सिस्टम रहनेछ ।

मूल्य र उपलब्धता
नोकिया एक्स ( सिक्स एक्स) आउदो मे १६ मा सार्बजनिक हुने छ भने यसको मूल्य भने २५० डलरबाट सुरु हुने बताईएको छ । तर नोकिया सिक्स कहिलेबाट कुन कुन देशमा उपलब्ध हुने छ भन्ने बारे भने सार्बजनिक भए पछि मात्र थाहा हुने छ ।

प्रकाशित मिति: सोमवार, बैशाख १७, २०७५ /