राष्ट्र बैंकको सञ्चालकमा कर्ण, प्रधानन्यायधीशबाट लिए सपथ

काठमाडौं, वैशाख १७ ।   नेपाल राष्ट्र बैंकको सञ्चालक पदमा नियुक्त भएका सुवोध कर्णले पद तथा गोपिनियताको सपथ लिएका छन् ।  उनलाई कायम मुकायम प्रधानन्यायधीश दीपकराज जोशीले पद तथा गोपनियताको सपथ गराएका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ को उपदफा १ मा  आफ्नो ओहदाको काम शुरु गर्नुभन्दा अगाडी गर्भनर तथा सञ्चालकले सर्वोच्च अदालतको प्रधान न्यायधिश वा नीजले तोकेको न्यायधिश मार्फत सपथ लिनुपर्ने प्रावधान छ । यस्तै डेपुटी गर्भनरले भने गर्भनर समक्ष सपथ लिनुपर्ने हुन्छ ।

विरगंजमा जन्मिएका कर्णले मोनाद विश्वविद्यालय डिल्लीबाट पिएचडी गरेका हुन् । उनी चार्टड एकाउन्टेन्ट पनि हुन । उनी चार्टड एकाउन्टेनहरुको संघ आइक्यानका उपाध्यक्ष र अध्यक्ष समेत भइसकेका छन् ।

प्रकाशित मिति: सोमवार, बैशाख १७, २०७५ /Monday, April 30th, 2018, 2:09 pm