सामसुङले ल्यायो इन्टरनेट बिनाको स्मार्टफोन, कति छ मूल्य ??

सामसुङले भर्खरै एउटा यस्तो फोन लन्च गरेको छ जुन हेर्दा स्मार्टफोन देखिन्छ तर यसमा स्मार्टफोनमा झैँ इन्टरनेट चलाउन भने मिल्दैन ।

ग्यालेक्सी जे टु प्रो नाम दिईएको यो फोन कोरियामा लन्च गरिएको हो । पढ्ने बिद्यार्थी,पाको उमेरका व्यक्तिहरु तथा इन्टरनेटबाट टाढा रहन चाहनेलाइ लक्षित गरेर यो फोन सार्बजनिक गरिएको कम्पनीको दाबि छ ।

यो फोनबाट सामान्यतय फोन गर्न, म्यासेज ( SMS) गर्न, फोटो खिच्न लगायतका कार्यहरु गर्न मिल्छ तर थ्रीजी, फोरजी तथा वाइफाईबाट इन्टरनेट चलाउन भने मिल्दैन ।

इन्टरनेट चलाउन नमिल्ने ग्यालेक्सी जे टु प्रोको बिशेषता चाहि के छ त ?

यसमा ५ इन्च को क्यु एच डी डिस्प्ले रहेको छ भने ८ मेगापिक्सलको रियर क्यामरा र सेल्फिको लागि ५ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।

१.४ जिएचजेड क्वाड कोर प्रोसेसर (1.4GHz quad-core processor) रहेको यस फोनमा १.५ जीबी र्याम रहेको छ ।

यसमा २६०० एमएएचको ब्याट्री प्रयोग गरिएको हुनेछ ।

१६ जीबीको आन्तरिक मेमोरी हुने यस फोनको स्टोरेज क्षमता बढाउन माइक्रोएसडी कार्ड स्लट पनि उपलब्ध छ ।

कम्पनीले यसमा प्रयोग गरिएको अपरेटिंङ सिस्टमको बारेमा भने केहि पनि जानकारी दिएको छैन, धेरैले यसमा एन्ड्रोईड अपरेटिंङ सिस्टम नै हुने अनुमान गरेका छन् ।
ग्यालेक्सी जे टु प्रो को यो भर्सन कालो र सुनौलो रङमा उपलब्ध हुने छ । यसको मूल्य भने दक्षिण कोरियामा १ लाख ९९ हजार १ सय वन अर्थात् १८५ अमेरिकी डलर रहेको छ ।

सामसुङले यो फोन दक्षिण कोरियामा मात्र बिक्रिको लागि उपलब्ध हुने हो या अरु देशमा पनि बिक्रिको लागि उपलब्ध गराउने हो भन्ने बारे केहि पनि जानकारी दिएको छैन ।

इन्टरनेट बिनाको यो फोन के बजारमा बिक्रि होला ??

तपाइलाई यो फोन कस्तो लाग्यो ? आफ्नो विचार कमेन्टमा लेख्नु होला ..
स्रोत

प्रकाशित मिति: आइतवार, बैशाख १६, २०७५ /