आइतबार पनि घट्यो नेप्से, घटेको बजारमा यी कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं, वैशाख १६ । साताको पहिलो दिन आइतबार पनि नेप्से घटेको छ । गत हप्ताको अन्तिम कारोबार दिन बिहिबार २९ दशमलव २५ अंकले घटेर १ हजार ३ सय ५७ दशमलव २२ अंकमा आएको नेप्से आइतबार नेप्से ८ दशमलव २१ अंकले घटेर १ हजार ३ सय ४९ दशमलव ०१ अंकमा आइपुगेको छ ।

आइतबार नेप्से संगै कारोबार रकममा पनि कमि आएको छ, बिहिबार १ सय ५९ कम्पनीहरुको १३ लाख ३८ हजार ७ सय ३७ कित्ताको शेयर किनबेच हुँदा ६३ करोड ८४ लाख ४३ हजार ३ सय ६३ रुपैयाँ कारोबार भएको थियो भने आइतबार १ सय ६१ कम्पनीहरुको ९ लाख ६६ हजार ८ सय २९ कित्ताको शेयर किनबेच हुदा जम्मा ४० करोड ३५ लाख ४८ हजार ६८ रुपैयाँ कारोबार भएको छ ।

यस दिन १० वटा कारोबारमा आएका समुहहरु मध्ये पाँच वटा समुहहरु बढेका छन् भने पाँच वटा समुह घटेका छन् । सबैभन्दा बढी होटल समुह ३५ दशमलव १८ अंक, उत्पादक तथा प्रशोधन समुह ८ दशमलव १८ अंक, विकास बैंक समुह ४ दशमलव ४३ अंक, विमा समुह २ दशमलव ४१ अंक र टेडिंग समुह शुन्य दशमलव ७६ अंकले बढेका छन् भने सबैभन्दा बढी गुमाउने बैंकिंग समुह ११ दशमलव ६ अंक, अन्य समुह ८ दशमलव ७ अंक, फाइनान्स समुह ५ दशमलव ८१ अंक, लघुवित्त समुह ४ दशमलव ०७ अंक र जलविद्युत समुह १ दशमलव २३ अंकले घटेका छन् ।

यस दिन स्वदेशी लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले सर्बाधिक ९ दशमलव ९४ प्रतिशत कमाएका छन । त्यस्तै नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले  ५ दशमलव ४३ प्रतिशत  कमाएका छन् ।

यस दिन कमाउने दश कम्पनीहरु

त्यस्तै गरी सबै भन्दा धेरै गुमाउनेमा बरुण हाइड्रो पावरका लगानीकर्ता रहेका छन । जसमा बरुण हाइड्रो पावर ७ दशमलव ७७ प्रतिशत, जानकी फाइनान्सको ६ दशमलव ५९ प्रतिशत र युनाइटेड मोदी हाइडोपावरको ६ दशमलव १९ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: आइतवार, बैशाख १६, २०७५ /