यस्तो छ “सेल्फी एक्स्पर्ट”ओपो एफ सेभेन

२५ मेगापिक्सलको सेल्फी सहित उत्कृस्ट क्यामेराको प्रयोग गरिएको ओपोको नया मोबाइल नेपालमा लन्च भएको छ | ओपोले सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफ-सेेभेन ४/६ जीबी र्याम र ६४ जीबी र १२८ जीबी भर्सन इन्टरनल स्टोरेज सहित यसै हप्ता सार्बजनिक गरेको हो |

सेल्फीमा क्रन्ति ल्याउन सफल ओप्पोले नेपाली बजारमा ल्याएको अर्को उच्च स्तरको यस फोनमा आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा पनि रहेको जानकारी दिएको छ ।

नवप्रबर्तनात्मक प्रविधिमा आधारित ओपो एफसेवेनले नेपाली यूवा माझ रहेको कम्पनीको सेल्फी एक्स्पर्ट एण्ड लिडरको छवीलाई थप सुदृढ बनाउने आशा गरिएको छ । सेल्फीलाई थप वास्तविक, प्राकृतिक र ब्यक्तिगत तवरमा आकर्षक बनाउने सोचका साथ ओपोले एफ फाइभको माध्यमबाट एआई ब्यूटी रेगक्निशन प्रविधि सार्वजनिक गरेको थियो ।

सफ्टवेयर

नया ओपो एफ सेभेनमा एन्ड्रोइड ८.१ – ओरियो ओएस मा आधारित कलर ओएस ५.0 (ColorOS 5.0) को प्रयोग गरिएको छ |

डिस्प्ले र डिजाइन
यसमा ६.२३ इन्चको फुल एच डी आइ पि एस डिस्प्ले रहेको छ | यसमा स्क्रिनको सुरक्षाको लागि गोरिल्ला ग्लास ५ को प्रयोग गरिएको छ |

हार्डवेयर
२.५ जी एच जेड अक्टाकोर प्रोसेसर(Octa-core, 4×2.0 GHz Cortex-A73 & 4×2.0 GHz Cortex-A53 ) रहेको यो स्मार्टफोनमा मिडियाटेक पी सिक्स्टि चिप्सेट (MediaTek P60 SoC) को प्रयोग गरिएको छ | यसमा ४/६ जीबी र्याम र ६४ / १२८ जीबीको आन्तरिक मेमोरी रहेको छ भने २५६ जीबी सम्म सपोर्ट गर्ने मेमोरी कार्ड स्लट पनि रहेको छ |

क्यामेरा
“सेल्फी एक्स्पर्ट” एफ सेभेनमा २५ मेगापिक्सल एफ २.० सेल्फी ( फ्रन्ट ) क्यामेरा रहेको छ भने १६ मेगापिक्सल एफ १.८ रिअर( मेन ) क्यामेरा रहेको छ | सेल्फीलाइ अझ राम्रो बनाउन यसमा दोस्रो पुस्ताको एआई ब्यूटी २.० को प्रयोग गरिएको छ। फोनमा रियल टाइम हाई डायनामिक रेञ्ज -एचडीआर) प्रविधि सहित फ्रन्ट क्यामेराको प्रयोग गरिएको छ । यसमा एआई ब्यूटी २.०, कभर सट र अगुमेन्टेड रियालिटी (एआर) स्टिकर्सपनि उपलब्ध गरिएको छ । यसको फ्रन्ट र रियर दुवै क्यामेराबाट एचडी ([email protected]) भिडियो लिन सकिन्छ । यसमा रहेको क्यामेराले फोर के भिडियो भने लिन मिल्दैन ।

कनेक्टिभिटी

दुइ जीएसएम नानो सिम कार्ड प्रयोग गर्न मिल्ने यो स्मार्टफोनले टूजी, थ्रीजी, र फोरजि सपोर्ट गर्दछ | अन्य कनेक्टिभिटी अप्सनमा वाइफाई ( Wi-Fi 802.11 a/b/g/n/ac, dual-band, WiFi Direct, hotspot)ब्लु टूथ ४.२, ओटिजी सपोर्ट रहेका छन् |

सेन्सर
यसमा फोनको पछिल्लो भागमा क्यामेराको केहि मुनि सेन्टर भागमा फिंगरप्रिन्ट सेन्सर रहेको छ । यसमा लाइट सेन्सर, जी -सेन्सर ,इ -कम्पास (Fingerprint, proximity, compass, accelerometer, gyro)का सुविधाहरु पनि उपलब्ध छन ।

ब्याट्री
ओप्पो एफ सेभेनमा ३४०० एम ए एच को ब्याट्री प्रयोग गरिएको छ । एकपटक फुल चार्ज गर्दा फोनको अत्याधिक प्रयोग गर्दा पनि यो फोन १५-१६ घण्टा सम्म आरामले चलाउन मिल्छ । फस्ट चार्जिंग सुबिधा उपलब्ध नभएकोले यो फोन शुन्यबाट १०० % चार्ज गर्न भने करिब २ घण्टा लाग्ने गर्दछ ।

मूल्य तथा उपलब्धता
नेपालमा ओपो एफ सेभेन २ वटा भर्सनमा उपलब्ध छ ।
४ जीबी र्याम र ६४ जीबी इन्टरनल स्टोरेज क्षमता भएको भेरियन्टको मूल्य ३६ हजार ५९० रहेको छ। यो भेरियन्ट रातो, सिल्भर र कालो गरी तीन वटा रंगमा उपलब्ध छ।

त्यस्तै ६ जीबी र्याम र १२८ जीबी इन्टरल स्टोरेज क्षमता भएको भेरियन्टको मूल्य ४६ हजार ५९० राखिएको छ। यो भेरियन्ट रातो र कालो गरी दुई रंगमा उपलब्ध छ।

सबल पक्ष
यो फोन हल्का छ, ब्याट्री सहित यसको तौल मात्र १५८ ग्राम छ ।
यसमा प्रयोग गरिएको मिडियाटेक पी सिक्स्टि प्रोसेसर फास्ट छ भने ब्याट्री पनि कम खपत गर्ने खालको छ । जसले गर्दा यस फोनमा रहेको ब्याट्री लाइफ राम्रो छ ।
धेरै समय सम्म फोन चलाउदा पनि यसमा ह्यंग हुने ( lag while multitasking)र तात्ने समस्या ( heating issues) छैन ।
आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई)को प्रयोग गरिएको यस फोनमा उच्चस्तरको क्यामेराको प्रयोग गरिएको छ ।

दुर्बल पक्ष
यस फोनमा फास्ट चार्ज सपोर्ट उपलब्ध छैन ।

-एजेन्सीको सहयोगमा

प्रकाशित मिति: शनिबार, बैशाख १५, २०७५ /Saturday, April 28th, 2018, 3:18 pm