लालपुर्जाविहीन खोकनाबासीलाई लालपुर्जा : भुसाल

?????????????

ललितपुर, वैशाख १५ । लालपुर्जाविहीन खोकनाबासीले लालपुर्जा पाउने भएका छन् । वर्षौदेखि खोकनाबासी आफू बसोबास गरेको स्थलको लालपुर्जा पाएका थिएनन् । ललितपुर महानगरपालिका वडा नं. २१ द्वारा शनिवार आयोजित खोकना खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा प्रतिनिधि सभा सदस्य पम्फा भुसालले कार्यक्रमको उद्घाटन गर्दै उक्त कुरा बताएकी हुन । भुसालले यहि हप्तादेखि खोकनमा नापी कार्यालय आउने, लालबुर्जा विहीन खोकनाबासीलाई लालपुर्जा कार्यस्थलमै दिने प्रबन्ध मिलाएको बताइन । खोकना ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल भएकोले यसको जगेर्ना गर्नु पर्ने, खोकनाको सिकाली मन्दिर निर्माणमा आफूले सहयोग गर्ने र भुकम्पले क्षतविक्षत भएको खोकनाको पुननिर्माणमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन । उनले भनिन– ‘खोकनाको आर्थिक समृद्धि देशको समृद्धि हो ।’

कार्यक्रममा बोल्दै प्रदेश सांसद राजकाजी महर्जनले आफू ललितपुरमा भुकम्प आउनुभन्दा अगाडि र पछाडि पुननिर्माणको कार्यलाई प्राथमिकता दिएको बताए ।

त्यसैगरी प्रदेश सांसद जीवन खड्काले नगरपालिकाले खुला दिसामुक्त क्षेत्र घोषणा गरेकोमा खुसी व्यक्त गर्दै कुकुरको पनि दिसामुक्त हुनु पर्ने औल्याए । आफूले बाल्यकालमा देखेको सफा बागमती पुन सोही अवस्थामा हेर्ने धोको रहेको र यसका लागि आफू सदैव तयार गरेको बताए ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आफू खुला दिसामुक्त क्षेत्रको मेयर भएकोमा गर्व गर्दै भने– ‘म जनताको सेवक हुँ, जनतालाई सेवा दिन आफू तत्पर रहेको छु । महानगरको हरेक काम आफूले मनिटरको रुपमा काम गरेको छु ।’ उनले थपे यस आवमा यस २१ नंं. वडामा सुविधा सम्पन्न सार्वजनिक सौचालय निर्माण गरिदिने, दक्षिण एसियाकै नमुना स्मार्ट पुस्तकालय बनाउने र यस महानगर अन्तर्गत २२ वटा जिल्ला स्थिति कार्यालयका शाखासमेत आउदै गरेको बताए ।

जिल्ला खानेपानी कार्यालय ललितपुरका प्रमुख हरिदत्त पौडेलका अनुसार ललितपुर जिल्ला शनिबारबाट सबै स्थानीय तहहरु खुला दिसामुक्त क्षेत्र भएका छन् । उनले भने– ‘ललितपुर महानगरपालिकाको वडा नं. २१ अन्तिम दिसामुक्त वडा हो, अब वैशाख महिनाभित्रै ललितपुर जिल्ला खुला दिसामुक्त क्षेत्र औपचारिक रुपमा घोषणा हुनेछ ।’ जिल्लका सबै घरधुरीमा सौचालय निर्माण गरेर प्रयोगमा ल्याइएपछि खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयार गरेको प्रमुख पौडेलले बताए । ललितपुरमा हाल १ लाख ९ हजार ५ सय घरघुरी रहको छन् ।

कार्यक्रम ललितपुर महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष रविन्द्र महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य हेलेनशोभा महर्जनले स्वागत मन्तव्य दिएकी थिइन ।

प्रकाशित मिति: शनिबार, बैशाख १५, २०७५ /Saturday, April 28th, 2018, 12:21 pm