शिक्षा नीति निर्धारण समितिको २२ औं बैंठक सम्पन्न

काठमाडौं, बैंशाख १३ । शिक्षा नीति निर्धारण समितिको २२ औं बैंठक सम्पन्न भएको छ । बैंठकले राष्ट्रिय पुस्तक नीति मस्यौंदा सुरक्षित बिद्यालय नीतिका सन्र्दभमा बृहत छलफल भएको छ ।

महिला बालबालिका जेष्ठ नागरिक मन्त्रालयका सहसचिव बीरबहादुर राई, विश्व बिद्यालय अनुदान आयोगका अध्यक्ष पराशर कोईराला, राष्ट्रिय दलित आयोगका धु्रवप्रसाद कोईराला, भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थी, नीति निर्धारण समितीका सदस्य नन्दकुमार थापा लगायतकाले प्राकृतिक प्रकोप, भौंतिक र अभौंतिक संरचना र भयरहित वातावरणमा बालबालिकाले घर, समाजर बिद्यालयमा सिक्न पाउने अधिकारलाई सुरक्षित बिद्यालयको नीति भित्र राख्नु पर्ने सुझाव दिनुभएको छ ।

यस्तैं आचार संहिता, लेखकको गुणस्तर र पढ्ने वातावरण सिर्जना गर्नुपर्ने बिषयवस्तु राष्ट्रिय पुस्तक नीतिमा समाबेस गर्नुपर्ने बैंठकमा सहभागीहरुले सुझाएका छन् ।

बैंठकमा शिक्षा सचिव खगराज बरालले आएका सुझावका आधारमा अघि बढ्ने बताउनुभयो ।

बैंठकलाई सम्बोधन गर्दै शिक्षा, बिज्ञान तथा प्रविधी गिरिराजमणि पोखरेलले राष्ट्रिय पुस्तक नीति मस्यौंदा सुरक्षित बिद्यालय नीति का सन्र्दभमा आएका बिषयवस्तुलाई समेट्न निर्देशन दिनुभएको छ ।

प्रकाशित मिति: बिहिबार, बैशाख १३, २०७५ /Thursday, April 26th, 2018, 7:56 pm