दैनिकी न्युज स्ट्रिङ अप्रेसनः सिंचाइ बिभाग भित्रै कर्मचारीको जुवा खाल (भिडियो सहित)

ललितपुर, बैशाख १२ । सिंचाइ बिभागमा कर्मचारीले कार्यालय समयमा तास खेलिरहेको दैनिकीन्युजले फेला पारेको छ ।

बुधबार कार्यालय समयमा दुई समूहमा रहेर तास खेलेको पाइएको हो । उनीहरुले विहान ११ बजेदेखि ३ बजेसम्म तास खेलीरहेका थिए ।

बीस रुपैयाँ पोइन्टमा उनीहरुले तास खेलेका हुन । तास खेल्ने अधिकांश सरकारी ड्रेसमा थिए । कार्यालयमा तास खेलेको बारे प्रतिक्रिया लिन सिंचाई बिभागका उपनिर्देशक तथा सुचना अधिकारी दान रत्न शाक्यले कानुन बिरोधी गतिबिधिमा लागेका कर्मचारीबारे सोधपुछ गरिने जानकारी दिए ।

हेर्नुस भिडियो

प्रकाशित मिति: बुधबार, बैशाख १२, २०७५ /Wednesday, April 25th, 2018, 6:13 pm