कति दिने भयो सांग्रिला डेभलपमेन्ट बैंकले बोनस ?

काठमाडौं, बैशाख ११ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना लगानीकर्ताहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

सोमबार बसेको बैंकको सञ्चालक समितिको बैंठकले ११ दशमलब ८० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

जसमा २ दशमलब ५० प्रतिशत बोनस शेयर र ९ दशमलब ३० प्रतिशत नगद लभांश दिने प्रस्ताव गरेको बैंकले जनाएको छ ।

हेर्नुहोस्

प्रकाशित मिति: मङ्लबार, बैशाख ११, २०७५ /Tuesday, April 24th, 2018, 9:27 pm