ह्वात्तै बढ्यो नेप्से, गुमाउनेमा ११ कम्पनि मात्रै

काठमाडौं, वैशाख ९ । २०७५ को सुरु देखि नै उकालो लाग्न सुरु गरेको नेप्से साताको पहिलो दिन आइतबार ह्वात्तै बढेको छ ।

यस दिन नेप्से ५० दशमलव १८ अंकले बढेर १ हजार ४ सय ३८ दशमलव ४९ अंकको बिन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन बिहिबार २५ दशमलव ५२ अंकले बढेर १ हजार ३ सय ८८ दशमलव ५३ अंकमा पुगेको थियो ।

नेप्से संगै यस दिन कारोबारमा पनि उलेख्य सुधार आएको छ । यसदिन १६७ कम्पनीहरुको कुल २८ लाख ८९ हजार ९ सय ४३ कित्ता को कारोबार हुँदा १ अर्ब २३ करोड ५ लाख ३ हजार १ सय ८० रुपैयाँको कारोबार भएको छ ।

आज चार वटा कम्पनीहरुको मूल्य १० प्रतिशतले बढेको छ । अरुण काबेली पावर, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयरको मूल्य यसदिन १० प्रतिशतले बढेका छन् ।

त्यस्तै ११ कम्पनीले गुमाएको यस दिन ३ प्रतिशत भन्दा बढीले गुमाउने कम्पनीहरुमा राधी हाइडोपावर डेभलपमेन्ट र न्यादी गुप्र पावर रहेका छन् ।

आज उप परिसुचक सबै हरियाली छाएका छन् । सबैभन्दा बढी बीमा समुह ३५२ दशमलव ९९ अंक, , लघुवित्त समुह १०० दशमलव २३ अंक, जलविद्युत समुह ८९ दशमलव ९९ अंक, होटल समुह ६५ दशमलव २ अंक, विकास बैंक समुह ६१ दशमलव ६६ अंक, उत्पादक तथा प्रशोधन समुह ४० दशमलव ३८ अंक, बैंकिङ्ग समुह ३९ दशमलव ३१ अंक, वित्त समुह २३ दशमलव १४ अंक र अन्य बैंक समुह १२ दशमलव ५७ अंकले बढेको छ ।

प्रकाशित मिति: आइतवार, बैशाख ९, २०७५ /