नेपाली आकाशमा उल्का वर्षा हुने

काठमाडौँ, बैशाख ९ ।आज राती नेपाली आकाशमा उल्का वर्षा हुने भएको छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आज राती नेपाली आकाशमा उल्का वर्षा हुने जनाएको हो ।

मौसम अनुकूल भएमा आज राति एकैपटक १५ देखि २० वटासम्म उल्का खसेको देख्न सकिने बताइएको छ ।

आज राति १ बजेदेखि भोलि बिहान सूर्योदयसम्म उल्का बर्षा देख्न सकिने सोसाइटीले जनाएको छ ।

वैशाख ५ गतेदेखि नै बीणा उल्का वर्षा अर्थात् लाइरिङ मिटियोर सावर सक्रिय छ । यो १२ गतेसम्म सक्रिय रहने छ । पुच्छ«ेताराले छाडेका धुलोका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हुँदा उल्का बर्षा देखिन्छ । उल्का वर्षा नांगो आँखाले पनि देख्न सकिनेछ ।

प्रकाशित मिति: आइतवार, बैशाख ९, २०७५ /Sunday, April 22nd, 2018, 2:36 pm