कहिले हुने भयो हाम्रो विकास बैंकको बुक क्लोज ?

काठमाडौं, वैशाख ९ । हाम्रो विकास बैंकले बोनस शेयर स्वीकृति गर्नका लागि बैंकले यहिं वैशाख ३१ गते साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि वैशाख २० गतेदेशि बुक क्लोज गर्ने बैंकले जनाएको छ ।

हाम्रो विकास बैंकले ७.३० प्रतिशत बोनश शेयर दिने भएको छ । बैंकले चुक्ता पूँजी ४५ करोड ८७ लाख ५० हजार ८ सय १२ रुपैयाँको ७.३० प्रतिशत बोनश शेयर दिने भएको हो ।

 

प्रकाशित मिति: आइतवार, बैशाख ९, २०७५ /Sunday, April 22nd, 2018, 11:25 am