८५ वर्षे रेकर्ड तोड्दै बार्सिलोना ३० औं पटक च्याम्पियन

काठमाडौं, वैशाख ९ । बार्सिलोनाले सहजै कोपा डेल रे को उपाधि जितेको छ । शनिबार भएको फाइलनमा सेभिल्लालाई ५-० को फराकिलो अन्तरले हराउँदै बार्सिलोना लगातार चौथो पटक उपाधि जित्न सफल भएको हो ।

मड्रिडको वाण्डा मेट्रो पोलिटानो मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि सुआरेजले २ गोल(१४औ, ४०औं मिनेट) गरे उनले भने मेसी (३१औ मिनेट) र इनेस्टा(५१औं मिनेट) एक-एक गोल गरे । कोन्टिन्होले खेलको ६९ औ मिनेमा पेनाल्टी मार्फत एक गोल गरे ।

३० औं पटक कोपा डेल रेको उपाधि जित्न सफल बार्सिलोना ८५ वर्षपछि लगातार लगातार ४ पटक उपाधि जित्ने टोली समेत बनेको छ । यसअघि यथ्लेटिक बिल्बाओले १९३० देखि १९३३ सम्म लगातार ४ पटक उपाधि जितेको थियो ।

कोपा डेल रे सन १९०३ देखि सुरु भएको स्पेनको सबैभन्दा पुरानो फुटबल लिग हो । यस प्रतियोगिताको उपाघि बार्सिलोनाले सबैभन्दाबढी ३० पटक जितेको छ । यथ्लेटिक बिल्बाओले २३ र रियल मड्रिडले १९ पटक उपाधि जितेका छन भने बाँकी अन्यले जितेका छन् । सेभिल्लाले ५ पटक उपाधि जितेको छ ।

युरोपियन च्याम्पियन लिग प्रतियोगिताबाट बारिरिएको बार्सिलोना अर्काे घरेलु लिग ला लिगाको उपाघि नजिक पुगेको छ । (अन्नपूर्ण पोष्टबाट)

प्रकाशित मिति: आइतवार, बैशाख ९, २०७५ /Sunday, April 22nd, 2018, 7:26 am