लगानीकर्ता भए उत्साहित, बिहिबार पनि बढ्यो नेप्से

काठमाडौँ, बैशाख ६। साताको अन्तिम कारोबार दिन बिहिबार पनि नेप्से दोहोरो अंकले बढेको छ । नेप्से लगातार बढिरहे पछि लगानीकर्ताहरु उत्साहित भएका छन् । बिहिबार नेप्से २५ दशमलब ३० अंकले बढेर १ हजार ३ सय ८८ दशमलब ३१ अंकमा पुगेको छ ।

नेप्से बढे पनि कारोबार रकम भने उस्तै नै रहेको छ । बुधबार २४ लाख ४० हजार १ सय ५ कित्ता सेयर कारोवार हुँदा १ अर्व १२ करोड ६७ लाख १६ हजार १७ रुपैँया वरावरको कारोवार भएको थियो भने बिहिबार १६८ कम्पनीको २६ लाख ६३ हजार ५ सय ८२ किटा सेयर किनबेच हुँदा १ अर्ब ११ करोड ५५ लाख ५५ हजार ३सय ६१ रुपैया बराबरको कारोबार भएको छ ।

यसदिन कारोवारमा आएका समुह मध्ये ट्रेडिङ्ग बाहेक अरु सबै समुहमा वृद्धि भएको छ । यसदिन सबैभन्दा बढी बीमा समुह ५१ दशमलव २३ अंक, जलविद्युत समुह ४४ दशमलव ३९ अंक, अन्य समुह २९ दशमलव ६६ अंक, बैंकिङ्ग समुह २४ दशमलव ८९ अंक, होटल समुह २१ दशमलव ३२ अंक, विकास बैंक समुह १६ दशमलव ५७ अंक, विकास बैंक समुह १६ दशमलव ५७ अंक, लघुवित्त समुह १४ दशमलव २६ अंक, उत्पादक तथा प्रशोधन समुह ७ दशमलव ९८ अंक र वित्त समुह ३ दशमलव १३ अंकले बढेको छ । ट्रेडिङ्ग समुह भने २ दशमलव २ अंकले घटेको छ ।

यसदिन चिलिमे जलबिधुत, नेपाल बैंक लगायतको कम्पनीको सबै भन्दा बढी रकमको सेयर कारोबार भएको छ । सबै भन्दा धेरै कित्ता भने सिभिल बैकको किनबेच भएको छ ।

आज सबै भन्दा बढी कमाउने कम्पनीहरु प्रोग्रेशिभ फाइन्नास, खानीखोला हाइड्रोपवार, जनउत्थान सामुदायिक लघुवित्त र राष्ट्रिय बीमा कम्पनी रहेको छन् ।

त्यस्तै सबै भन्दा बढी गुमाउनेहरु कम्पनीहरु सहयोगी विकास बैंक, मिथिला लघुवित्त विकास बैंक  सुर्या लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरु रहेका छन्  ।

प्रकाशित मिति: बिहिबार, बैशाख ६, २०७५ /Thursday, April 19th, 2018, 3:27 pm