जलबिधुतमा झुम्मिए लगानीकर्ता, कारोबार १ अर्ब माथि

काठमाडौँ, बैशाख ५ । नयाँ वर्ष देखि लगातार वढिरहेको नेप्से साताको चौथौ दिन बुधवार पनि दोहोरो अंकले बढेको छ । निक्कै उतारचढाव विच बुधवार नेप्से ३१ दशमलव ८३ अंकले वढेर १ हजार ३ सय ६३ दशमलव १ अंकमा पुगेको छ ।

१६५ कम्पनीको कारोवार भएको यसदिन एक अर्व भन्दा वढिको कारोवार भएको छ । यसदिन २४ लाख ४० हजार १सय ५ कित्ता सेयर कारोवार हुँदा १ अर्व १२ करोड ६७ लाख १६ हजार १७ रुपैँया वरावरको कारोवार भएको छ ।

यसदिन कारोवारमा आएका सवै समुहमा वृद्धि भएको छ । यसदिन सवैभन्दा वढि जलविधुत कम्पनिका लगानिकर्ताले कमाएका छन् । आज यो समुह १ सय ७ दशमलव ७३ अंकले वढेको छ ।

यसदिन युनाइटेड इन्सुरेन्स कम्पनिको सवैभन्दा वढि सेयर कारोवार भएको छ ।

ङ्यादी ग्रुप पावर, हिमालयन पावर पाटनर, नया नेपाल लधुवित्त विकास बैकका लगानीकर्ताले १० प्रतिशले कमाएका छन् ।

आज गुमाउनेमा ३४ कम्पनी रहेका छन् । यसदिन एसियन लाइफ इन्सुरेन्स, एन एल जी इन्सुरेन्स लगायतका कम्पनीका लगानीकर्ता रहेका छन् ।

प्रकाशित मिति: बुधबार, बैशाख ५, २०७५ /