मंगलबार नेप्से संगै ह्वात्तै बढ्यो कारोबार, गुमाउनेमा १३ कम्पनीका लगानीकर्ता

काठमाडौँ, बैशाख ४ । साताको तेस्रो दिन अर्थात् मंगलबार नेप्से ह्वात्तै बढेको छ । सोमबार बजार बन्द हुँदासम्म नेप्से १७ दशमलव ४२ अंकले वृद्धि भएर १ हजार २ सय ९७ दशमलब ५७ अंकमा पुगेको नेप्से मंगलबार ३३.६१  अंकले बढेको छ ।

नेप्से संगै यसदिन कारोबार पनि ह्वात्तै बढेको छ । अघिल्लो दिन १६१ कम्पनीको ११ लाख ७८ हजार ७ सय ३८ कित्ता शेयर किनबेच हुँदा ५७ करोड ६८ लाख ६१ हजार ८ सय ६३ रुपैया बराबरको कारोबार भएकोमा यस दिन भने १६६ कम्पनीको १८ लाख ९५ हजार ५ सय ६ कित्ता कारोबार हुदा ९५ करोड ४० लाख ६ हजार ५ सय ४ रुपैया बराबरको कारोबार भएको छ  ।

यस दिन कारोबारमा आएका समूह मध्ये ट्रेडिङ समूह ५.५७ अंकले घटेको  छ भने अरु सबै समूह बढेका छन् । सबै भन्दा बढी बिमा समूह ३६०.४३  अंकले बढेको छ भने सबै भन्दा कम फाइनान्स समूह ८.९४  अंकले बढेको छ ।

यस दिन सूर्या लाइफ इन्सुरेन्स कम्पनि, नेपाल लाइफ इन्सुरेन्स कम्पनि कुमारी बैंक लिमिटेड लगायतका कम्पनीको शेयर सर्बाधिक कारोबार भएका छन् ।

यस दिन तिन कम्पनीहरु महिला सहयात्रा माइक्रोफाइनान्स,प्रुडेन्सियल इन्सुरेन्स कम्पनि र राष्ट्रिय बिमा कम्पनीका प्रमोटर सेयरका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।

त्यस्तै यस दिन सहयोगी बिकाश बैंक लिमिटेड, बिशाल बजार कम्पनि लिमिटेड लगायत १३ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति: मङ्लबार, बैशाख ४, २०७५ /Tuesday, April 17th, 2018, 3:20 pm