दुईवटा म्युचल फण्डको इकाई नेप्सेमा सूचिकृत

काठमाडौं । सोमबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई कम्पनीको कुल १६ करोड ५५ लाख २० हजार इकाई सूचिकृत भएको छ ।

एकैदिन एनआईसी एशिया ग्रोथ फण्ड र सिटिजन्स म्यूचल फण्डको सो मात्राको इकाई नेप्सेमा थपिएको हो ।

एनआईसी एशिया ग्रोथको ८ करोड ३५ लाख २० हजार र सिटिजन्स म्यूचलको ८ करोड २० लाख इकाई नेप्सेमा थपिएको हो ।

प्रकाशित मिति: सोमवार, बैशाख ३, २०७५ /