नेपाल सेवा लघुवित्तले आईपीओ निष्काशन

काठमाडौं, वैशाख ४ । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड ले १ लाख ८० हजार कित्ता प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ ।

लघुवित्तले बैशाख १२ देखि १६ गतेसम्म सर्बसाधारणका लागि सेयर बिक्री गर्ने सूचना जारी गरेको छ । सिन्धुपाल्चोकको फटकशिला गाउँपालिकामा कार्यालय रहेको ३ जिल्ले लघुवित्तले चुक्ता पूँजी ६ करोड बनाउँन आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले निष्काशन गर्ने शेयरमा कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि ३ हजार ६०० कित्ता, सामूहिक लगानी कोषर्ला ९ हजार कित्ता र बाँकी रहेको १ लाख ६७ हजार ४ सय कित्ता सर्वसाधरणलाई छुट्टाइएको छ ।

कम्पनीले शेयर निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एनएमवि क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ । यसमा आबेदन गर्न चाहने इच्छुक लगानीकर्ताले आफ्नो बैंक खाता रहेको बैंकको शाखाबाट सी आश्वा सुबिधा लिएर आबेदन गर्नसक्ने छन् ।

इच्छुक लगानीकर्ताहरुले न्युनतम ५० कित्ता र अधिकतम ९०० कित्ता शेयरमा आवेदन दिन सक्नेछन् । यस आर्थिक बर्षको दोस्रो त्रैमाससम्म १४ हजार रुपैयाँ मात्र खुद नाफा गरेको कम्पनीको जगेडा कोषमा १६ लाख ९ हजार रुपैयाँ मात्र छ ।

प्रकाशित मिति: मङ्लबार, बैशाख ४, २०७५ /Tuesday, April 17th, 2018, 8:17 am