रबि लामिछानेको कीर्तिमान तोड्न खोज्दै सुजन, सक्लान त ??

काठमाडौं, बैशाख ३ । टेलिभिजन इतिहासमा रबि लामिछानेले राखेको एक कीर्तिमान सुजन आचार्यले तोड्ने दाबी गरेका छन् ।

रबि लामिछानेले राखेको सर्वाधिक लामो अन्तरवार्ताको कीर्तिमानलाइ सुजन आचार्यले टेेलिभिजन प्रसारणकै इतिहासमा सबैभन्दा लामो ‘लंगेष्ट टेलिभिजन म्याराथुन टक शो’ गरी कीर्तिमान राख्न प्रण गरेका छन् ।

उक्त कार्यक्रमको नयाँ बानेश्वरको रमाइलो टेलिभिजनमा निरन्तर प्रत्यक्ष प्रसारण गरिने भएको छ ।

रमाइलो टेलिभिजनले सुजन आचार्यको यो सफलता सबै नेपालीहरुको र नेपालको सफलता भएको जनाएको छ ।

टेलिभिजनले सगरमाथाको देश, बुद्ध जन्मिएको तपोभूमि, सीता र भृकटीको देश नेपालको नाम संसारमा रोशन गराउने सुजनको प्रयासलाई अमूल्य सहयोगको खाँचो रहेको जनाएको छ ।

कार्यक्रम वैशाख २९ गते विहान ८ बजेदेखि सुरु हुने भनिएको छ ।

प्रकाशित मिति: सोमवार, बैशाख ३, २०७५ /Monday, April 16th, 2018, 5:33 pm