सोमबार पनि बढ्यो सुनको मूल्य

काठमाडाैं, बैशाख ३ । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार एक सय रुपैयाले बढेर प्रति तोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार २ सय रुपैयाले बढेर प्रति तोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै सोमबार बजारमा चाँदीको मूल्य पनि बढेको छ । आइतबार बजारमा चाँदीको मूल्य प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार प्रतितोलामा ५ रुपैयाले बढेर ७५५ रुपयामा कारोबार भएको छ ।

प्रकाशित मिति: सोमवार, बैशाख ३, २०७५ /Monday, April 16th, 2018, 11:25 am