काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार राति भूकम्पको धक्का महसुस भएको छ।

आइतबार राति ९ बजेर २२ मिनेटमा कीर्तिपुरको दहचोक आसपास केन्द्र बनाएर ३ दशमलब २ रेक्टर स्केलको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिए।

उनका अनुसार भूकम्पको धक्का कीर्तिपुरका साथै सिंहदरबार, बल्खु, सुन्धारा लगायत क्षेत्र तथा ललितपुर र भक्तपुरमा पनि महसुस गरिएको छ।

प्रकाशित मिति: सोमवार, बैशाख ३, २०७५ /Monday, April 16th, 2018, 9:08 am