मातातिर्थ औंशीः आमाको मुख हेर्ने दिन

काठमाडौँ, वैशाख ३ । सोमबार वैशाख कृष्णपक्ष औँसी, शास्त्रीय मान्यताअनुरुप पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशिर्वाद थाप्ने दिनका रुपमा नेपालीहरूले आमाको मुख हेर्ने चाडको रुपमा मनाउने प्रचलन रहेको छ ।

नौ महिना गर्भमा राखेर सन्तानत्व प्रदान गर्ने आमाको महिमा अपरमपार छ । छोराछोरीहरुले मातालाई सम्झेर मुख हेर्ने दिनको रुपमा यस दिनलाई बिशेष रुपमा मनाउने गरिन्छ ।

नेपाली समाजमा संसार देखाउने ममतामही प्रतिको आस्थाका रुपमा धुमधामले आज सोमबारको दिनलाई हेर्ने गरिन्छ । आज आमाहरुको दिन, जस्ले सबै सन्तानहरुलाई जन्म दिएका छन् । आमालाई भेटेरै मिठो खानेकु्रा, लत्ताकपडा उपहार स्वरुप प्रदान गरेर अनि मायां साटासाट गरेर यो पर्व मनाउने गरिन्छ ।

टाढा भएका सन्तानहरुले फोन तथा सामाजिक सञ्जालहरुका माध्यमबाट आमालाई सम्झने कुरा गर्ने तथा ममता बाँड्ने चलन छ । आमा नहुनेहरुले काठमाडौंको मातातिर्थमा बिशेष रुपमा पितृ माताको सम्झना गर्ने गर्छन । यस्तै पवित्र तिर्थ स्थलहरुमा समेत गएर आमालाई सम्झने गर्दछन् ।

नौ महिना सम्म गर्भमा राखेर जन्म दिई दश धारा अमृत स्वरुप दुध पिलाएर हुर्काउने आमाको महत्व र निस्वार्थ योगदानको वर्णन अपरमपार छ । मातातिर्थ औंसीको यो दिनले आमा र सन्तानको ममतालाई ताजकि बनाईरहन सघाईरहेको हुन्छ ।

सबै आमाहरु प्रति नमन । ‘ह्याप्पी मदर्श डे’

प्रकाशित मिति: सोमवार, बैशाख ३, २०७५ /