बर्षको पहिलो कारोबार दिन यस्तो रह्यो सेयर कारोबार

काठमाडौं, वैशाख २ । २०७५ को पहिलोे शेयर कारोबार दिन नेप्से सामान्य अंकले वृद्धि भएको छ । बजारमा कारोबार बढेर शुरु भए पनि  १२ बजे सम्म  गिरावट आएको नेप्से सुधार हुँदै कारोबार बन्द हुँदासम्म नेप्से २ दशमलव ६० अंकले वृद्धि भएको छ ।

यस दिन कुल ६ लाख ५५ हजार३ सय १४ कित्ता खरिद बिक्री हुँदा ३० करोड ३१ लाख २८ हजार २ सय ७७ रुपैयाँको कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका समूह मध्ये होटल्स २२.४१ अंक, बिकाश बैंक  समूह १.३६ अंक, बिमा समूह ८३.८४ अंक, अन्य ५.२९ अंक र लघुवित्त ११.७४ अंकले बढेका छन् भने अरु समूहहरु घटेका छन् ।

आज ५ प्रतिशतभन्दा बढी कमाउने कम्पनीहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्योरेन्स तथा प्रिमियर इन्स्योरेन्सका लागनीकर्ताहरु रहेको छन् । उक्त कम्पनीका लगानीकर्ताहरुले क्रमशः ६ दशमलव ७८ प्रतिशत, ५ दशमलव ५२ प्रतिशत तथा ५ दशमलव ४२ प्रतिशतले कमाए ।

त्यस्तै सर्वाधिक गुमाउने कम्पनीमा नेशनल इन्स्योरेन्सका प्रोमोटरका लगानीकर्ता रहेका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतले गुमाए ।

प्रकाशित मिति: आइतवार, बैशाख २, २०७५ /Sunday, April 15th, 2018, 3:43 pm