श्री फिकुरी बहुमुखी क्याम्पसको चौथो बार्षिक उत्सब सम्पन्न ।

नुवाकोट, फिकुरी बैशाख २ । किस्पाङ गाउँपालिका वडा न.२ फिकुरी सातदोबाटोमा श्री फिकुरी बहुमुखी क्याम्पसको चौथो बार्षिक उत्सब तथा शुभकामना आदानप्रदान कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

नेपाली काग्र्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद बहादुरसिह लामाले मैनबत्ती बालेर एक समारोहकाबिच फिकुरी बहुमुखी क्याम्पसको चौथो बार्षिक समारोहको समुदघाटन गर्नुहुदै प्रमुख अतिथि सांसद लामाले किस्पाङ गाउँपालिकाको पहिचान बोकेको फिकुरी बहुमुखी क्याम्पसको स्तर उन्नती, भौतिक बिकासको लागि लाग्ने बताउनुहुदै जनतालाई दुख दिनुहुदैन भन्ने मानसिकताले आफू नेता बनेको जिकिर गर्नु भयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभाका सांसद बहादुरसिह लामाले किस्पाङ गाउँपालिकामा निर्बा्चित जनप्रतिनिधि, क्याम्पस सञ्चालन गर्न सहयोग पुर्याउने दाताहरु, अतिरिक्त कृयाकलापमा पुरस्कार जित्न सफल विद्यार्थीहरुलाई पुरस्कार, सम्मानपत्र बितरण गर्नु भयो ।

नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष प्राध्यापक रामेश्वरप्रसाद उपाध्यायले क्याम्पसले यस भेगको विद्यार्थीहरुको भविष्य कोर्ने थलो बनेको बताए । कार्यक्रमलाई मेरी बास्सै टेलिसिरियलका हास्यकलाकार सुरबिर पण्डित दारी बा, सुरेश असिम, नबिनराज रेग्मिको प्रस्तुतिले उत्साह थपेको थियो ।

स्वागत मन्तब्य क्याम्पसका प्राध्यपक राजेन्द्र अर्यालले गर्नु भएको कार्यक्रममा किस्पाङ गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले राजनितिक पुर्बग्राहीबाट समाज मुक्त नभएसम्म बिकास हुन नसक्ने बताए ।

समारोहमा सामाजिक अभियन्ता श्याम तामाङ, किस्पाङ गाउँपालिका उपाध्यक्ष मायादेबी न्यौपाने,किस्पाङ–२ फिकुरी वडाअध्यक्ष देबनाथ भट्ट, किस्पाङ–५ मनकामना वर्डाअध्यक्ष नरहरी भट्ट, नेपाल रेडक्रस सोसाईटी काहुले उपशाखा क्षेत्रबहादुर तामाङ, पुर्ब क्याम्पस प्रमुख मकुन्दप्रसाद रिजाल लगायतले क्याम्पसको सवालमा चर्चा, परिचर्चा गर्नु भएको थियो ।

क्याम्पसमा अध्ययनरत रिता भट्ट र अनिता भट्टले स्थानीय स्तरमा नै क्याम्पस सञ्चालनले किस्पाङ गाउँपालिका र रसुवा स्थित उत्तरगया गाउँपालिकाका विद्यार्थीहरुलाई शिक्षामा ठूलो राहत मिलेको जनाए ।

पाँच सयभन्दा बढी जनमानस सहभागिता रहेको कार्यक्रममा गायक, गायिका दामोदर खतिवडा, रितु काली थापा, अर्चना स्याङतान तामाङ, सानिया खान, किरण नेपाली, रमेशराज बराईली, सौरभ तामाङको प्रस्तुतिले समारोहलाई सङगितमय बनाएको थियो ।

क्याम्पस प्रमुख सुरेन्द्रराज भट्टले कार्य योजनाबारे क्याम्पसको बस्तुस्थितिमाथि प्रकाश पार्नु भएको थियो । नयाँ बर्षको आगमनको सुरुवातमा नै भएको सो कार्यक्रम श्री फिकुरी बहुमुखी क्याम्पस सन्चालक समितिका अध्यक्ष कृष्णप्रसाद भट्टको सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: आइतवार, बैशाख २, २०७५ /Sunday, April 15th, 2018, 9:35 am