अदालतले सुनायो सलमान खानलाई जेल सजाय, सेन्ट्रल जेलमा लगिने

काठमाडौं, चैत २२ । भारतीय अभिनेता सलमान खानलाई जोतपुर उच्च अदालतले जेल सजाय सुनाएको छ ।

२० वर्ष अगाडि कालो हरिणको शिकार गरेको घटनामा अभिनेता खानलाई आज अदालतले दोषी ठहर गर्दै ५ वर्षको जेल सजाए सुनाएको हो ।

तर उक्त घटनामा संलग्न भएको भनिएका सैफ अलिखान, सोनाली बेन्द्रे, तब्बु र निलमलाई भने अदालतले सफाइ दिएको छ ।

सलमानलाई तत्कालै हिरासतमा लिइएको छ । उनलाई सेन्ट्रल जेलमा लगिने बताईको छ ।

यदि अदालतले ३ बर्ष भन्दा बढीको जेल सजाय भएको भए सलमान धरौटीमामा रिहा हुन सक्थे ।

प्रकाशित मिति: बिहिबार, चैत्र २२, २०७४ /Thursday, April 5th, 2018, 2:20 pm