​नेपाल आइडल बुद्ध लामाको पहिलो गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं चैत ४। पहिलो ‘नेपाल आइडल’ बुद्ध लामा ‘तिमी साथ भएपछि’ नामक गजल गित सार्वजनिक भएको छ ।

गजलकार सुरेश वाग्लेद्वारा रचना गरिएको ‘तिमी साथ भएपछि‘’ शीर्षकको गजलमार्फत गायक लामा दर्शकमाझ आएका हुन् ।

यस गीतमा हरि लम्सालको संगीत रहेको छ भने गोपाल रसाईलीले संगीत संयोजन गरेका छन् । अर्जुन अधिकारीले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोमा चलचित्रका लोकप्रिय जोडी पल शाह तथा आँचल शर्माको अभिनय रहेको छ ।

प्रकाशित मिति: आइतवार, चैत्र ४, २०७४ /Sunday, March 18th, 2018, 5:33 pm