अमेरिकी राष्ट्रपति ट्रम्पले गरे विदेश मन्त्री रेक्स टिलर्सनलाई बर्खास्त

काठमाडौं, फागुन २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश मन्त्री रेक्स टिलर्सनलाई बर्खास्त गरेका छन् ।

ट्रम्पले अमेरिकी गुप्तचर संस्था सिआइएका निर्देशक माइक पोम्पेलाई नयाँ विदेश मन्त्रीमा नियुक्त गरेका छन् ।

ट्रम्पले मंगलबार नै सिआइएको निर्देशकमा गिना हास्पेललाई नियुक्त गरेको हो । गिना सिआइएमा नियुक्त हुने पहिलो निर्देशक बनेका छन् ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २९, २०७४ /Tuesday, March 13th, 2018, 8:33 pm